आयो स्विफ्ट स्पेशल एडिसन, यी हुन् ‘रेगुलर’भन्दा फरक फिचर

मारुती सुजुकीले नयाँ जेनेरेसन स्विफ्ट सार्वजनिक गरेसँगै यसको बिक्रीपनि निकै राम्रो भइरहेको छ । कम्पनीले नयाँ जेनेरेशनको स्वीफ्ट लञ्च गरेको ३ महिनामा नै एक लाख यूनिट बिक्री गरेको थियो । 

अब कम्पनीले ‘स्वीफ्ट स्पेशल एडिसन’ नयाँ विशेषताकासाथ बजारमा ल्याएको छ । कम्पनीले यस गाडीलाई इन्ट्रीलेभल एलएक्सआई र एलडीआई अप्सनमा मात्रै बजारमा ल्याएको हो । 

भारतीय बजारमा ‘२०१८ मारुती सुजुकी स्वीफ्ट स्पेशल एडिसन’ को सुरुवाति मूल्य ४ लाख ९९ हजार भारतीय रुपैयाँ छ । भारतको सबैभन्दा ठूलो अटोमेकर कम्पनी मारुती सुजुकीले यो गाडीमा नयाँ नयाँ विशेषताहरू दिइएको जनाएको छ । गाडीको इन्टेरियर र एक्स्टेरियर दुवै भागमा नयाँ फिचर थप गरिएको छ । 

मारुती सुजुकी स्पेशल एडिसन बडी कलर, आउटसाइड रियर भ्यू–मिरर, डोर–ह्यान्डल र ब्ल्याक फिनिस ह्वील कभरका साथमा बजारमा आएको छ । क्याविनको नजिकमा सिङ्गल डीआईएन म्युजिक सिस्टम राखिएको छ भने, साथमा ड्यूल फ्रन्ट स्पीकर, ड्राइभर र प्यासेञ्जरका लागि पावर विन्डो, रिमोट सेन्ट्रल लकिङ फ्यासिलिटी तथा सुरक्षाका लागि रिजर्भ पार्किङ सेन्सरजस्ता विशेषताहरू राखिएको छ ।

थर्ड जेनेरेशनको स्वीफ्टमा १.२ लिटर ‘के–सेरिज डीओएचसी’ पेट्रोल इन्जिन प्रयोग गरिएको छ । यस गाडीमा लगाइएको पेट्रोल इन्जिनले ८३ बीएचपी पावरकासाथै ११५ एनएम टर्क उत्पादन गर्छ ।

त्यस्तै, यस गाडीमा १.३ लिटर ‘टर्बोचाज्र्ड डिजेल डीडीआईएस’ इन्जिन लगाइएको छ । यसमा लगाइएको डिजेल इन्जिनले ७४ बीएचपी पावरकासाथै १९० एनएम टर्क उत्पादन गर्छ । यस गाडीमा ५ स्पीड म्यानूअल र ५ स्पीड अटोमेटिक गियरबक्स जडान  गरिएको छ । पेट्रोल इञ्जिनले २२ किलोमिटर प्रति लिटर माइलेज दिन्छ भने डिजेल इञ्जिनले २८.४ किलोमिटर माइलेज दिन्छ ।


Back_to_top