रोयल इनफिल्डको बाइकमा ११४० सीसीको इन्जिन !

बेलायती  प्रतिष्ठित मोटरसाइकल कम्पनी रोयल इनफिल्डले पछिल्लो समय ६५० सीसी सेग्मेन्टको इन्टरसेप्टर आईएनटी–६५० र कन्टिनेन्टल जीटी–६५० सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीद्वारा उत्पादित यी दुई मोटरसाइकलमा शक्तिशाली इन्जिनको प्रयोग गरिएको छ । 

कम्पनीले सन् १९३८ मा सार्वजनिक गरेको ११४० सीसी क्षमताको रोयल इनफिल्ड केएक्स–११४० हालसम्मकै शक्तिशाली इन्जिन बोकेको मोडलअन्तर्गत पर्छ । रोयल इनफिल्डले लक्जरी मोटरसाइकलको ट्यागसहित उक्त मोडल बजारमा ल्याएको थियो । 

उक्त मोटरसाइकलमा ट्वाइन इन्जिनको प्रयोग गरिएको थियो भने, फोर–स्पीड गियरबक्सको दिइएको थियो । कम्पनीको फोर्टफिलोको सबैभन्दा महंगो मोटरसाइकलको रुपमा रहेको केएक्सको उच्चतम रफ्तार १३० किलोमिटर प्रतिघन्टा थियो । 

साथै, उक्त बाइकले प्रतिलिटर २७ किलोमिटर माइलेज प्रदान गथ्र्याे । मोटरसाइकलमा इन्टरचेन्जेवल ह्वीलको प्रयोग गरिएको थियो । यो मोडल इग्ल्यान्डमा सन् १९३६ देखि १९३९ बीचमा बिक्री भएको थियो । भेन्टेज मोटरसाइकल प्रदर्शनीको समयमा आज पनि यो मोटरसाइकल राख्ने गरिन्छ । 


Back_to_top