अटोमोवाइल कम्पनीहरु इन्जिन, ट्रान्समिसन, इन्टेरिएर वा टायरहरुमा मात्र नभई अन्य धेरै फिचरमा नयाँ कुराको खोजिमा हुन्छन् ।
आफ्ना उत्पादन आधुनिक टेक्नोलोजी तथा उत्कृष्ट आविष्कारले भरिपूर्ण बनाउन कम्पनीहरु लागि परेका हुन्छन् । यसले भेइकलहरुलाई स्मार्ट, इफिसीयन्ट तथा अझ बढि सुरक्षित बनाउने छ ।
कतिपय आविष्कार वास्तवमै भिडबाट फरक र चालकलाई सहज बनाउने खालका हुन्छन् । हामीले २०१८को अहिलेसम्म भएका १० वटा उत्कृष्ट आविष्कारको छनौट गरेका छौ । जुन अर्को वर्षसम्म तपाईको कारहरुमा देखिने सम्भावना रहेको छ ।
वायरलेस इलेक्ट्रीक चार्जिङ सिस्टम
तपाईको स्मार्ट फोनमा यो सुविधा छ । तपाईको स्मार्ट वाचमा यो सुविधा छ । यो वायरलेस चार्जिङ सिस्टम हो । तर यो प्रविधि अहिलेसम्म इलेक्ट्रीक भेइकलमा प्रयोग गरिएको छैन ।

बीएमडब्लुले इलेक्ट्रीक भेइकलको लागि वायरलेस चार्जिङ प्याडको प्रयोग गर्न लागेको छ । यसको सहायताले ग्यारेजमा गएर तारको सहायताले प्लगइन गरिरहनु पर्दैन ।
तपाईले मात्र चार्जिङ्ग प्याडको माथि गाडी पार्क गरेर हिडे हुन्छ । गाडी आफैले आफूलाई चाहिने जति चार्ज लिनेछ । यो पाइलट प्रोजेक्टको रुपमा अमेरिकामा सुरु गरिएको जनाइएको छ ।
एक्टिभ सस्पेन्सन
अडी ए८ गाडीमा नयाँ टेक्नोलोजिको प्रयोग भएको छ । गाडीको कुनै साइडले केहिमा ठक्कर मार्न लागेमा ठोकिन लागेको साइडमा गाडीलाई उचालिदीने एक्टीभ सस्पेन्सनको विकास गरेको छ ।

यो प्रविधिले यदि २५ किमीप्रति घण्टाको स्पिडमा रहेको गाडी कुनै बस्तुमा ठोकिन लाग्यो भने आधा सेकेन्डमै ८० एमएमसम्म गाडीलाई उचाल्ने गर्छ । जसको कारणले ठोकिन लागेको वस्तु गाडी मुनीबाट पास हुन्छ र सम्भावित दुर्घटनाबाट जोगाउँछ । अडीको यो सिस्टमलाई धन्यबाद दिनै पर्छ जसले कसैको ज्यान जोगाउन तथा घाइते हुनबाट बचाउने प्रविधिको विकास गरेको छ ।
मल्टीप्रो टेलगेट
मल्टीप्रो टेलगेट ६ प्रकारले एडजस्ट गर्न सकिने टेलगेट हो । यसलाई साधारण गेटको रुपमा साथै विभिन्न स्टेपमा फोल्डसमेत गर्न सकिने छ । यसलाई अल टेरेन भेइकल (एटीभी) उकाल्नको लागि र्याम्पको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसलाई वेडको साथै स्ट्याण्डि टेवलको रुपमा पनि परिवर्तन गर्न सकिन्छ ।

जीएमसीकाअनुशार उनिहरुले यसमा सबैभन्दा धेरै पटक टेस्ट गरेको जनाएको छ । यसले सबैभन्दा विषम परिस्थितिमा पनि काम गर्न सक्नु पर्नेछ । यसलाई प्रयोग गर्न विषेश दिमाग लगाउन जरुरत पर्दैन । एक पटक प्रयोग गरेपछि तपाईलाई लाग्नसक्छ यस्तो उपयोगि सामान पहिला अरु कम्पनीले किन बनाएन भनेर ।
रियर अकुपेन्ट अलर्ट
धेरै अटो कम्पनीहरुले पछाडिको सीटमा रहेको यात्रुको बारेमा अलर्ट गर्ने प्रविधिको विकास गरिसकेका छन् । जसको सहायताले चालकलाई गाडी पार्क गर्नु अघि पछाडिको सिटमा चेक गर्न सहयोग पूर्याउछ । प्रत्येक बर्ष साना बच्चाहरु र घरपालुवा जनावरहरु तातो तापक्रमको कारणले पछाडिको सिटमा छुटेर मुत्यु हुने गरेका छन् ।

प्रायः यस्ता कारमा आवाजसहितको रिमाइन्डर वा ड्यास बोर्डमा म्यासेज दिने सिस्टम रहेको हुन्छ, जसले पछाडिको सिटमा चेक गर्न सम्झाउछ । तर धेरै चालकहरुले यो सिस्टमललाई अगाडिनै बन्द गरेका हुन्छन् ।
अन्य गाडीको रिमाइन्डर सिस्टम भन्दा हुन्डाईको सान्ताफेमा फरक सिस्टम रहेको छ । यसले भित्रिभागको मोसन सेन्सरको प्रयोगले केहि छुटेको पत्ता लगाउछ । चालकले रियर सिटको अलर्टलाई वास्ता गरेको छैन भने पनि हुन्डाई सिस्टमले क्याविनको चाललाई सम्झाउने गर्छ ।
चालकले पार्क गरेको २४ घण्टा भित्र यदि गाडीको क्याविनमा केहि चाल भेटेमा सान्ताफेले मोसन पत्तालगाई ब्लुलीङ्क एपको मद्दतले चालकलाई इमेल म्यासेज गर्ने तथा हर्न पनि बजाउने गर्छ । यो कार्य गाडीलाई अफ गरिसकेको अवस्थामा पनि हुने गर्छ ।
सेफ एक्जीट असिस्टेन्ट
हुन्डाईले सान्ताफेमा अर्को पनि उत्कृष्ट सेफ्टी फिचरको निर्माण गरेको छ । यदि तपाईले पछाडिको ‘चाईल्ड लक’ अनलक गर्न लाग्नु भएको छ भने, गाडीको नजिकका कुनै सवारी वा साइकलनै जे आएको भएपनि यसले चालकलाई साउन्डसहितको अलर्ट गर्ने काम गर्छ ।

यदि गाडी अनलक भईसक्यो र यात्रुले ढोका खोल्न लागिसकेको छ वा कुनै सवारीसाधन नजिक आएको छ भने, यसले झन ठूलो आवाज निकाल्छ । यसले यात्रुलाई सुरक्षित राख्छ भने साईकल चालकहरुलाई पनि ठोकिनबाट जोगाउँछ ।
यो सिस्टमले ब्लाइन्ड स्पट मोनिटरिङ् सिस्टको प्रयोग गर्छ र कम्पनीले जनाए अनुशार इग्निसन अफ गरेको समयमा पनि यसले काम गर्छ ।
ईटर्क
फियाट क्राइसलरले जीप र राम ट्रकको संख्या बढेसँगै ईटर्क असिस्टेन्टको प्रयोग गरेको छ । यो सिस्टम हल्का हाइब्रिड डिजाइन हो, जसले प्रफर्मेन्स र इफिसेन्सीलाई चलाख तरिकाले बढाउछ ।

यसअघि गाडीमा रहेको अल्टरनेटर ४८ भोल्टको जनेरेटर परिवर्तन गरिएको छ । जब अटोमेटिक स्टार्ट स्टम सिस्टमको प्रयोग हुन्छ, त्यतिबेला जेनेरेटरले ग्यासोलीन मोटरलाई रिस्टार्ट गर्छ र यसले इन्जिनलाई हाइब्रिड सेटअपमा सघाउँछ ।
यसले हलुका सिफ्ट गर्न, सजिलो स्टार्ट स्टपको प्रयोग गर्न र पावर तथा टर्क बढाउने वाचा गरेको छ । उदाहरणको लागि रामको भी८ ट्रकमा १५०० टर्क थियो भने यसको प्रयोगले १३० पाउण्ड फिट टर्क बढाउँछ ।
यो स्मार्ट रहेको छ साथै इफिसीयन्सीपनि छ । धेरै अटोमेकर मर्सिडिज बेन्ज, फोक्सवागेन र अडीले पनि यस्तै प्रकारको माइल्ड हाईब्रिड टर्बो आफ्ना गाडीमा लगाएका छन् ।
भीसी टर्बो
निसानको भेरियवल कम्प्रसन रेसियो टर्बोले कसरी काम गर्छ भनेर बयानगर्दा धेरैको आँखा खुलेकै हुन सक्छ । तर वास्तविक कुरा भनेको हाइ टेक टेक्नलोजीले इन्टरनल कम्बस्चन इन्जिनमा ठूलो प्रगति गरेको छ ।

इन्फिनीटी क्यूएक्स ५० र निसान अल्टिमामा प्रयोग हुने भीसी टर्बो इन्जिनले फ्लाइको कम्प्रेशन रेसियोलाई एडजस्ट गर्ने काम गर्छ । यो सिस्टमले फिउल इफिसीयन्सीमोडमा एउटा रेसियो तथा एक्सीलेट बढाउदा तुरुन्तै रेसियो बढाउने काम गर्छ ।
यस्तो प्रकारले चल्ने इन्जिनले केहि पनि नगुमाईकन फिउलको इफिसीयन्सी बढाउनुको साथै प्रफर्मेन्स पनि बढाउछ । यो प्रविधि भविष्यमा इन्फिनीटी तथा निसानका गाडीहरुमा देखिने आशा गर्न सकिन्छ ।
ड्राइभर फोकस
चलकको ध्यान ड्राइभिङमा छ भन्ने कुरा कन्फर्म गर्नु अर्ध स्वायत्तको मुख्य कार्य हो जसले दुर्घटनालाई घटाउन सघाउनेछ ।

प्रायः सबै गाडीहरुले स्टिेरिङको टर्क सेन्सरको मद्दतबाट चालकको कार्यको सूक्ष्म अवलोकन गर्छ । तर सुवारुको ड्राइभर फोकस सिस्टमले भने इन्फ्रारेड फेसियल रिकग्नीसन टेक्नलोजीको प्रयोग गरेको छ । जसले चालकको अनुहार अवलोकन गरेर चालक विचलित भएको वा निदाएको अथवा बाटोमा फोकस नभएको बुझेमा आवाज तथा भिजवेल वार्निङ दिने गर्छ । अझ यसले आइसाइट सिस्टमको सहयोगले गाडी ठोकिन लागेमा इमरजेन्सी ब्रेकिङ सिस्टमलाई एक्टिभेट गर्छ ।
अनुहार हेरेर कामगर्ने भएकोले यसले चालकको अनुहार अनुशार पहिलानै सेट गरिएको सिस्टम अनुशार काम गर्छ ।
सुपर क्रुज
टप भेरियन्टको सीटी ६ लग्जरी सेडानमा मात्र उपलब्ध रहेको सुपर क्रुज लेवल २ आधुनिक अर्ध स्वायत्त डाइभिङ्ग एड हो ।
चलक तिर फर्किएको क्यामरा तथा डिजिटल्ली म्याप भएको हाइवेको जानकारी भएमा यो डाइभिङ्ग एडले चालकले स्टिेरिङ्गबाट हात हटाउने अनुमति दिन्छ । अन्य गाडीहरुको सिस्टमले पनि यो सुविधा दिदैन । यतिसम्मकी टेस्लाको अटोपाइलटले पनि स्टिेरिङ्गबाट हात हटाउने अनुमति दिदैन ।

अझ अगाडि सुपर क्रुजले चालकले बाटोमा ध्यान नदिएमा वा अगाडि नहेरीरहेको पाएमा गाडीको लेन परिवर्तन गर्न आदेश दिने वा गाडीलाई नै रोक्नसमेत सक्नेछ । किनकी स्टिेरिङ्गबाट हात हटाउनु भनेको बाटोबाट ध्यान नै हटाउनु भने होइन ।
नयाँ एमबियूएक्स इन्फोटेन्मेन्ट
यस वर्ष मर्सिडिजको इन्फोटेन्मेन्ट सिस्टमको ठूलो अपडेट हुदैछ । छिट्टै यो फिचर मर्सिडिजको सबै लाईन अपमा समाबेस हुनेछ । नयाँ जेनेरेशनको एमबियूएक्स सिस्टम धेरै अगाडि बढेको छ ।

यसमा दुईवटा ठूलो टचस्क्रिन रहनेछ, जसमा इन्फोटेन्मेन्ट सिस्टमको साथै इन्स्ट्रुमेन्टल क्लस्टरको फिचर रहनेछ । यसले एप्पलको सिरी अथवा अमेजनको एलेक्सा जस्तै भ्वाइस कमाण्डको आदेश पनि मान्नेछ । जस्तो हे मर्सिडिज भनेर कमान्ड दिएमा यसले रेस्पोन्स गर्नेछ । यो इन्टरनेटमा कनेक्टेड हुनेछ, जसले वेदर फोरकास्ट पनि बताउन सक्नेछ । यसको भ्वाईस कमाण्ड फिचरले निकै सहज बनाउछ ।

