यी हुन् २०२६ लागेपछि धेरै आएका टप ५ पेट्रोल एसयूभी

काठमाडौं । सन् २०२६ को साढे तीन महिना (जनवरी-मार्च १५)मा आयात भएका पेट्रोलियम पदार्थबाट चल्ने एसयूभीमा तीन ब्राण्डका ५ मोडल अग्रस्थानमा छन् ।

अप्रिल १५ तारिखसम्मको आयातको आधारमा मारुती सुजुकीका दुई, कियाका दुई र हुन्डाईको एक मोडल टप ५ भित्र अटाएका छन् । जसमा मारुती सुजुकी ब्रेजा सबैभन्दा माथि छ ।

ब्रेजा नेचुरल्ली एस्पिरेड इन्जिन र स्ट्रङ हाइब्रिडमा उपलब्ध छ । जनवरी १ तारिखदेखि अप्रिल १५ तारिखसम्मको आयातको आधारमा हाइब्रिड बेजा धेरै आयात भएको देखिन्छ । हाइब्रिड मोडल १०१ युनिट आयात हुँदा रेगुलर इन्जिनमा ८५ युनिट आयात भएको छ । समग्रमा २०१ युनिट आयातसँगै ब्रेजा सबैभन्दा अगाडि छ ।

दोस्रो स्थानमा हुन्डाई क्रेटा परेको छ । नेपाली बजारमा सर्वाधिक सफल एसयूभी क्रेटा यस अवधिमा १७० युनिट आयात भएको देखिन्छ । हुन्डाई क्रेटा नेपालमै एसेम्बलिङ हुँदै आएको छ ।

धेरै आयात हुने पेट्रोल एसयूभीको सूचीमा तेस्रो स्थान किया सोनेटले लिएको छ । कियाले सब फोर मिटर एसयूभी सोनेट १६० युनिट आयात गरेको देखिन्छ ।

टप चार भित्र सुजुकी फ्रङ्क्स अटाएको छ । यस अवधिमा फ्रङ्क्सको आयात ७९ युनिट भएको छ । पाँचौं स्थानमा किया सेल्टोस देखिन्छ । जनवरी १ देखि अप्रिल १५ सम्ममा किया सेल्टोस ६६ युनिट आयात भएको छ ।

पेट्रोलियम पदार्थबाट चल्ने धेरै आयात भएका सबै मोडल एसयूभी हुन् । माथि उल्लेख भएका पाँच मोडलका अलावा निसान म्याग्नाइट, हुन्डाई भेन्यू, सुजुकी भिक्टुरस, स्कोडा काइल्याक, फक्सवागेन टाइगुन जस्ता मोडल ठिकठाक आयात भएका छन् ।


Back_to_top