टोयोटाको नयाँ इलेक्ट्रीक एसयूभी तयार, ब्लेड ब्याट्रीमा आउने

काठमाडौं । टोयोटाले सन् २०२५ मा नयाँ एसयूभी सार्वजनिक गर्ने भएको छ । एफएडब्लू टोयोटाले चीनबाट ‘बीजेडथ्रीसी’ एसयूभी बिक्री सुरु गर्न खोजेको हो ।

कम्पनीले बेइजिङ अटो शो २०२४ मा देखाएको ‘बीजेड स्पोर्टस् क्रसओभर कन्सेप्ट’मा आधारित कारको प्रोडक्सन मोडल बजारमा ल्याउने भएको हो । कम्पनीले ल्याउने नयाँ एसयूभीको लम्बाइ ४७८० एमएम, चौडाइ १८६६ एमएम र उचाइ १५१० एमएम छ ।

आठ फरक भेरियन्टमा उपलब्ध हुने बीजेडथ्रीसी ५ कलर अप्सनमा आउने छ । आधुनिक फिचरको साथ आउने १५.६ इन्चको ठूलो इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ । यसमा २०० भन्दा धेरै एपहरु चलाउन सकिनेछ । एआई फेस रिकग्नेसन, भिडियो कलर सपोर्ट, जेक्सचर कन्ट्रोल, एआई भर्चुअल एसिस्ट जस्ता फिचर पाउन सकिन्छ ।

विश्वकै ठूलो कार निर्माताले स्मार्ट ड्राइभिङ सिस्टम दिएको छ । साथै, लाइडार यूनिट, हाइ स्पीड पार्किङ फङ्गसन उपलब्ध गराएको छ । २०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा आउने एसयूभीमा बीवाइडीको ब्लेड ब्याट्री प्रयोग हुनेछ । यसमा रहेको ब्याट्री साइजको विषयमा कुनै जानकारी बाहिर आएको छैन । तर, यसको रेन्ज ६३० किलोमिटरसम्म रहने बताइएको छ ।


Back_to_top