टोयोटाको ‘सेल्फ चार्जिङ’ हाइब्रिड एसयूभी, लग्जरीसँगै उच्च माइलेज

काठमाडौं । टोयोटाले भारतमा उत्पादन गरेको ‘सेल्फ चार्जिङ हाइब्रिड’ कार नेपाल भने तत्काल नआउने भएको छ । भारतमा केही दिन भित्रै विक्री सुरु हुन लागेको टोयोटा अर्वान क्रुजर हाइराइडर नेपाल नआउने भएको हो ।

टोयोटाको नेपालको लागि आधिकारीक विक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले भारतमा उत्पादन हुने हाइराइडर एसयूभी तत्काल नेपाल नआउने जानकारी दिएको छ ।

टोयोटाको ब्याचमा हाइराइडर नेपाल नआएपनि यो मारुती सुजुकीको ब्याचमा ग्राण्ड भिटारा भने आयात खुल्ला भएको केही महिना भित्रै नेपाल आउने छ । ग्राण्ड भिटारा भारतमा पनि विक्री सुरु भएको छैन ।

टोयोटाले यसमा १.५ लिटर आइएसजी इन्जिन दिएको छ । उक्त इन्जिनसँग इलेक्ट्रीक मोटर र ब्याट्री पनि जडान भएको कारण यसलाई हाइब्रिड कार भनिएको हो । विद्युतीय मोटर र इन्जिन दुबैको प्रयोग हुने भएकोले यसको माइलेज २७.९७ किलोमिटर प्रतिलिटर दावी गरिएको छ ।

हाइराइडर एसयूभीको हाइब्रिड इन्जिनको अधिकतम पावर ९२ पीएस र टर्क १२२ एनएम रहेको कम्पनीले जनाएको छ । यसमा इलेक्ट्रीक मोटरलाई पावर दिन आफैँ चार्ज हुने १२ भोल्ट–६ एम्पीएर लिथियम आयोन ब्याट्री दिइएको छ ।

यसलाई इलेक्ट्रीक पावरबाट मात्रै पनि चलाउन सकिन्छ । यसमा दिइएको इलेक्ट्रीक मोटरको पावर ५९ किलोवाट छ भने टर्क अधिकतम १४१ एनएम छ । दुबैको कम्बाइन पावर ११५ पीएस हो । जुन अन्य प्रतिस्पर्धी क्रेटा, सेल्टोस, टाइगुन र कुशक बराबर हो ।

टोयोटा हाइराइडरमा प्रोजेक्टर हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइट, अटो हेडल्याम्प, एलइडी टेलल्याम्प, फलोमी हेडल्याम्प, ब्ल्याक ह्वील आर्क क्याडलिङ, रुफरेल, ड्यूल टोन एक्सटेरियर, रुफ इन्ड स्पोइलर, सार्क फिन एन्टेना, बडी कलर डोर ह्याण्डल, अलोय ह्वील पाउन सकिन्छ ।

हाइराइडरको इन्टेरियर पनि निकै ‘रिच’ देखिन्छ । यसमा ब्ल्याक र ब्राउन कलरको इन्टेरियर दिइएको छ । एम्बीयन्ट लाइट, स्मार्ट टचस्कृन, ४ वटा प्रिमियम स्पीकर, टीएफटी कलर डिस्प्ले, ठाँउ ठाँउमा क्रोम फिनिसिङ, अगाडि भ्यान्टीलेटेड सिट, आर्मरेष्ट, लेदर र्याप स्टेरिङ ह्वील, प्रिमियम सिट, आर्मरेष्ट जस्ता फिचर उपलब्ध छन् ।

आरामदायी र रोमान्चक यात्राको लागि हाइराइडरमा पानारोमिक सनरुफ, वायरलेस चार्जर, हेड अप डिस्प्ले, टोयोटा आई कनेक्ट फिचर, क्रुज कन्ट्रोल, प्याडल सिफ्टर, अटोमेटीक एसी, एयर प्युरिफायर, हाइट एड्जस्ट गर्न मिल्ने ड्राइभर सिट, हेड रेष्ट, किलेस इन्ट्री, पुस बटम स्टाट/स्टप, सबै पावर विन्डो पाउन सकिन्छ ।

सुरक्षामा सधै अब्बल मानिएको टोयोटाले हाइराइडरलाई पनि अब्बल बनाउन कुनै कसर छाडेको छैन । यद्यपि, यसको ग्लोबल एनक्याप क्र्यास टेष्टमा भने परिक्षण भइसकेको छैन ।

सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले यसमा फ्रन्ट र साइड एयरब्याग दिएको छ । ३६० डिग्री क्यामेरा, रिभर्स पार्किङ क्यामेरा, सिटबेल्ट रिमाइन्डर, आईएसओ फिक्स चाइल्ड सिट, इबीडी सहितको एबीएस, भेकिहल स्टेविलिटी कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, टायर प्रेसर मोनिटर, पार्किङ सेन्सर जस्ता फिचर यसमा पाउन सकिन्छ ।


Back_to_top