काठमाडौं । टोयोटाले आफ्नो सर्वाधिक चर्चामा रहने मोडल र्याभ फोरको एड्भेन्चर मोडल बजारमा ल्याएको छ । यूरोपीयन बजारमा सार्वजनिक भएको यो मोडलमा थुप्रै परिमार्जन देख्न सकिन्छ ।
कम्पनीले यसको हेडल्याम्प, फगल्याम्प र टेलल्याम्प परिमार्जन गरेको छ । साथै यसमा दिइएको यूनिक ड्यूल टोन फिनिसिङले यसलाई आकर्षक बनाएको छ । नयाँ डिजाइनको १९ इन्चको अलोय ह्वील, मस्कुलर ह्वील आर्क, सुन्तला कलरको स्टीचीङ प्रयोग भएको लेदर सिटले गाडीलाई निकै फरक देखाएको छ ।
अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुने र्याभ फोर एड्भेन्चरमा २.५ लिटर फोर सिलिण्डर पेट्रोल इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले २१९ पीएस पावर र २२१ एनएम पीक टर्क प्रदान गर्छ ।
टोयोटा र्याभ फोर निकै सफल एसयूभीमा पर्छ । हाइब्रिड टेक्नोलोजीको कारण यसको माइलेज उत्कृष्ट रहेको छ । नेपालमा पनि हाइब्रिड टेक्नोलोजीयुक्त र्याभ फोर विक्री वितरण हुँदै आएको छ । तर, एड्भेन्चर मोडल नेपाल आउने वा नआउने विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।

