दशैंमा ह्याचव्याक कारः मासिक २४ हजार किस्तामा हुन्डाई ‘नियोस’

काठमाडौं । नेपालमा सर्वाधिक सफल ह्याचव्याक आई १० को तेस्रो जेनेरेशन मोडलकोरुपमा बजारमा उपलब्ध ग्राण्ड आई १० नियोस दशैंमा किन्न चाहने ग्राहकले मासिक किस्ता २४ हजार ७ सय रुपैयाँ पर्नेगरी गरिद गर्न सक्नेछन् ।

कम्प्याक्ट डिजाइन, उत्कृष्ट पावर, फिचर लोडेड इन्टेरियर र उच्च ‘रिसेल भ्यालू’को कारण नेपालमा हुन्डाईको आई १० मोडल सर्वाधिक विक्री हुने ह्याचव्याकमा पर्छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले ग्रान्ड आई १० नियोसको तीन भेरियन्ट नेपालमा विक्री गर्दै आएको छ । कम्पनीले नियोसको म्याग्ना, म्याग्ना एएमटी र स्पोर्टज् भेरियन्ट नेपालमा विक्री गर्दै आएको हो ।

दशैंको अवसरमा ग्राण्ड आई १० नियोस किन्ने ग्राहकले १ लाख नगद छुट पाउने छन् भने २० हजारदेखि १ लाखसम्म स्क्र्याचकार्ड मार्फत जित्न सक्ने छन् । यी दुबैलाई मिलाउँदा ग्राहकले कम्तीमा १ लाख २० हजारदेखि २ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् ।

अहिले ग्राण्ड आई १० नियोसको म्याग्ना भेरियन्टको मूल्य ३१ लाख ९६ हजार, म्याग्ना एएमटीको ३४ लाख ५६ हजार र स्पोर्टज् भेरियन्टको मूल्य पनि ३४ लाख ५६ हजार तोकेर विक्री गर्दै आएको छ ।

दशैं तिहारमा स्कीममा गाडी किन्ने ग्राहकलाई बैंकले ७ देखि ९ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउँदै आएका छन् । त्यसको लागि ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट भने गर्नु पर्ने हुन्छ । गाडीको मूल्यमा ५० प्रतिशतभन्दा बढी रकम व्यक्तिको हकमा कर्जा सुविधा उपलब्ध गराउने छैन । ७ वर्षे सुविधा र ९ प्रतिशत व्याजदरमा कर्जा लिएर म्याग्ना भेरियन्ट किन्दा मासिक २४ हजार ७०० रुपैयाँ किस्ता तिर्नु पर्छ ।

त्यस्तै म्याग्ना बाहेक अन्य दुई भेरियन्ट म्याग्ना एएमटी र स्पोर्टज् भेरियन्टको मूल्य समान भएकोले जुन किनेपनि मासिक किस्ता समान २६ हजार ८०० रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ । कम्पनीले एक वर्षको वार्षिक कर र बीमा सुविधा भने दिने जनाएको छ ।

यस्तो छ ग्राण्ड आई १० नियोस

ग्राण्ड आई १० नियोसको एक्सटेरियरलाई स्पोर्टी र फन्की लुक दिएको छ । यसमा रिडिजाइन इन्टर्गेटेड एलइडी डिआरएलएस, एलइडी फग ल्याम्प जस्ता फिचर पाउन सकिन्छ । स्लिकर डिजाइनमा निर्माण भएको नयाँ हेडल्याम्प, क्यासकेडिंग ग्रिलले कारलाई थप आकर्षक बनाएको छ ।

यसमा स्टील र मेसिन कट अलोय ह्वील अप्सन ग्राहकले छनोट गर्न सक्ने छन् । सार्पर हेडलाइट र न्यू टेलाइट सेटअप यसको आकर्षण हो । यसमा रहेको हुन्डाईको १.२ लिटर कप्पा इन्जिनले ८३ बीएच पावर उत्पादन गर्छ । यसको इन्जिनमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स उपलब्ध रहेको छ ।

यसको ड्याशबोर्ड दिइएको इन्स्ट्रुमेन्ट कन्सोल, इन्फोटेनमेन्ट सिस्टम, आकर्षक स्टेयरिंग ह्वीलले गाडीलाई प्रिमियम लुक्स दिएको छ । इन्फोटेनमेन्ट सिस्टममा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट हुने छ भने, सुरक्षालाई मध्यनजर गर्दै एबीएस, इबीडी, डबल एयरब्याग, रियर पार्किङ सेन्सर र रिभर्स क्यामराजस्ता फिचर दिइएको छ ।


Back_to_top