टीभीएस राइडरले बजार कब्जा गर्ने संकेत, यस्ता छन् कारण

काठमाडौं । टीभीएसले दुई दिनअघि भारतमा सार्वजनिक गरेको नयाँ मोटरसाइकल राइडर १२५ दुई हप्तापछि नेपाल आउँदै छ । नेपाली बजारमा अहिले पनि १२५ सीसीको मोरटसाइकलको माग निकै राम्रो रहेको अवस्थामा टीभीएस राइडरले बजार कब्जा गर्ने संकेत देखिएको हो ।

त्यसको मुख्य कारण डिजाइन हो । निकै स्टाइलिस डिजाइन र मस्कुलर फ्यूल ट्याङ्कले यसलाई निकै उत्कृष्ट देखाएको छ । यसमा दिइएको स्लीक वेली प्यान र स्प्लीट सिट अर्को मुख्य आकर्षण हो ।

राइडर १२५ अर्को मुख्य आकर्षण यसको पावर हो । यसमा रहेको १२५ सीसी क्षमताको इन्जिन निकै पावर फुल रहेको छ । यसमा रहेको १२४.८ सीसी क्षमताको थ्रि भल्भ, आयल कुल्ड, एफआई इन्जिनले ७५०० आरपीएममा ११.३८ पीएस पावर र ६००० आरपीएममा ११.२ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स दिइएको छ ।

राइडरको अर्को मुख्य आकर्षण यसको सस्पेन्सन हो । यसमा अगाडि टेलिस्कोपीक फर्क र पछाडि ग्यास चार्ज्ड मोनोशक सस्पेन्स दिइएको छ । यसमा रहेको २४० एमएमको फ्रन्ट डिस्क र १३० एमएमको रियर ड्रम ब्रेक उत्कृष्ट रहेको छ ।

१२५ सीसीको मोटरसाइकलमा पूर्णत डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिन्छ । उक्त क्लष्टरमा गियर सिफ्ट इन्डिकेटर, डिस्ट्यान्स टु इम्पीटी जस्ता फिचर उपलब्ध रहेका छन् । साथै, मोटरसाइकलमा यूएसबी चार्जर, टीभीएस स्मार्ट कनेक्ट, एलइडी हेडल्याम्पको साथमा डे टाइम रनिङ लाइट, एलइडी टेल लाइट जस्ता उत्कृष्ट फिचर उपलब्ध रहेका छन् ।

टीभीएस राइडर सेग्मेन्टमा नै राइडिङ मोड उपलब्ध रहेको पहिलो मोटरसाइकल हो । यसमा इको र पावर दुई मोड उपलब्ध रहेको छ । चालकले आफ्नो आवश्यकता अनुसार दुई फरक मोडमा चलाउन सकिन्छ ।

विभिन्न ४ कलर अप्सन यसको अर्को आकर्षण हो । ग्राहकले यसलाई पहेँलो, निलो, कालो र रातो कलर मध्ये मन पर्ने छनोट गरेर खरिद गर्न सक्ने छन् ।

यसको अर्को मुख्य आकर्षण मूल्य हुन सक्छ । अहिले कति मूल्यमा यो मोटरसाइकल आउँछ भन्ने एकिन नभए पनि बीएस ६ इन्जिनमा उपलब्ध हुने राइडरको मूल्य २ लाख ५५ हजार हाराहारी हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top