आयो सर्वाधिक धेरै रेञ्ज र माइलेज दिने टोयोटा र्‍याभफाेर प्लगइन हाइब्रिड

काठमाडौं । टोयोटाले आफ्नो चर्चित एसयूभी र्‍याभफाेर को प्लगइन हाइब्रिड मोडल जापानमा सार्वजनिक गरेको छ । हिजो एक कार्यक्रम आयोजनागरि टोयोटा जापानले र्‍याभफाेर हाइब्रिड सार्वजनिक गरेको हो ।

समान इन्जिन क्षमताको हाइब्रिड मोडल भने यसअघि देखिनै अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको टोयोटाले पहिलो पटक र्‍याभफाेर मा प्लगइन सिस्टम दिएको हो ।

टोयोटाले यसमा १८.१ किलोवाट आवरको व्याट्री प्याक दिएको छ । यसमा रहेको इलेक्ट्रीक मोटरले ५४ पीएस पावर प्रदान गर्ने छ भने २.५ लिटर क्षमताको इन्जिनले १८२ पीएस पावर प्रदान गर्ने छ ।

अन्य प्लगइन हाइब्रिड कारको तुलनामा र्‍याभफाेर को रेञ्ज धेरै रहेको छ । यसलाई एक पटकको फुल चार्जमा ९५ किलोमिटर चलाउन मिल्ने कम्पनीले दाबी गरेको छ । माइलेजको हिसावले पनि नयाँ र्‍याभफाेर निकै किफायती रहेको कम्पनीले जनाएको छ । यसलाई पेट्रोल मोडमा चलाउदा प्रतिलिटर २२ किलोमिटर माइलेज पाइने कम्पनीले दाबी गरेको छ । यसमा रहेको व्याट्रीलाई ५ घण्टा ३० मिनेटमा फुलचार्ज गर्न सकिन्छ ।

नयाँ र्‍याभफाेर को उच्चगति पनि निकै सुधार भएको छ । यसलाई ० देखि १०० किलोमिटरको स्पीडमा पुर्याउन केवल ६ सेकेन्ड मात्र लाग्ने छ । यसमा रहेको ‘इ–फोर इलेक्ट्रीक फोर ह्वील ड्राइभ’ले यसको गतिमा तिब्रता आएको जनाइएको छ ।

सेन्थेटिक लेदर सिटको साथमा आउने र्‍याभफाेर मा ९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ । टोयोटा सेफ्टी सेन्सको प्रयोग भएको यो एसयूभी निकै सुरक्षीत रहेको छ । पार्किङ स्पोर्टस ब्रेक, ३६० डिग्रि क्यामेरा र हेड अप डिस्प्ले यसमा पाउन सकिन्छ ।

टोयोटाले जापानमा यसको मूल्य ४२ हजार ८२० अमेरिकी डलर तोकेको छ ।


Back_to_top