हाईब्रिड कारको स्पिडले टोयोटालाई दिलायो ट्रफी

काठमाडौं । टोयोटाले पहिलो पटक ‘द २४ आवर्स अफ ले म्यान रेस’ जितेको छ । द २४ आवर्स अफ ले म्यान, संसारको सबैभन्दा पुरानो सक्रिय  रेस हो। फ्रान्सको ‘ले म्यान’ सहर नजिक  १९२३ देखि वार्षिक रूपमा यो रेस संचालन हुँदै आईरहेको छ । 

यो संसारकै सबैभन्दा प्रतिष्ठित ओटोमोबाईल रेस मध्येको एक रेस  हो र यसलाई ग्रैंड पीक्स अफ इन्डुरेन्स एण्ड इफिसीयन्सी पनि भनिन्छ ।

टोयोटा चालक फर्नोडो आलोसोले ‘ले म्यान २४ आवर’ रेस आफ्रनो  पहिलो प्रयासमा टीमका साथी सेबस्टियन बुमी र काजुकी नाकामा सँग मिलेर जितेका हुन् ।  र यो लामो समयदेखि कुनै रेस नजितेको टोयोटाको लागि लामो सुख्खा यामको अन्त्यसमेत भएको छ ।

धेरै बर्षदेखिको प्रयासको बावजुत टोयोटाले स्पोर्टस कार रेस जित्न सकेको थिएन । टोयोटा मात्र यस्तो टोली हो, जसले शीर्ष एलयमपी वान रेसमा  हाइब्रिड कारसहित  प्रतिस्पर्धा गरेको थियो । अरु निजी ड्राईभरहरुले यो हाईब्रिडको स्पिडलाई च्यालेज गर्न सकेनन् ।  


Back_to_top