मोटरसाइकलमा ट्रयाक्सन कन्ट्रोलः सुरक्षामा नयाँ फड्को

काठमाडौं । विश्व बजारमा विक्री हुने वीग बाइकमा ट्रयाक्सन कन्ट्रोल प्रयोग हुने गरेको छ । नेपालमा पनि १० लाखभन्दा माथि मूल्य भएका मोटरसाइकलमा यो फिचर उपलब्ध हुँदै आएको थियो ।

सुरुवाती समयमा स्पोर्टस् मोटरसाइकलमा मात्र प्रयोग हुने ट्रयाक्सन कन्ट्रोल अहिले साना र मझौला मोटरसाइकलमा पनि प्रयोग हुन थालेको छ । यामाहाले १५० सीसी सेग्मेन्टमा ट्रयाक्सन कन्ट्रोल भएको मोटरसाइकल आर १५ एम आजबाट नेपाली बजारमा विक्री सुरु गर्दैछ ।

ट्रयाक्सन कन्ट्रोलको मुख्य काम भनेको मोटरसाइकलको टायर र सडकको सतह बीचमा हुने ग्रिपलाई राम्रो बनाउने पद्दती भनेर बुझ्न सकिन्छ ।

कसरी गर्छ काम

ट्रयाक्सन कन्ट्रोल मोटरसाइकलमा प्रयोग भएको स्पीड सेन्सरबाट कन्ट्रोल गरिन्छ । यसको प्रयोग मोटरसाइकलको पछाडिको ह्वीलमा मात्र हुन्छ । यो सेन्सरले मोटरसाइकलको फ्रन्ट ह्वील र रियर ह्वीलको स्पीडलाई मापन गर्छ । यदि दुबै ह्वीलको स्पीड ठिक छ भने ट्रयाक्सन कन्ट्रोले कुनै कमान्ड गर्दैन ।

यदि रियर ह्वीको स्पीडक धेरै छ भने ट्रयाक्सन कन्ट्रोलले रियर ह्वीलमा जाने पावरलाई नियन्त्रण गर्छ । मोटरसाइकल स्पीडमा भएको बेला अचानक खराव बाटो वा कुनै बस्तु सडकमा आएको खण्डमा मोटरसाइकल अनियन्त्रीत हुनसक्छ । यस्तो अवस्थामा पछाडिको चक्कामा भएको सेन्सरले इसीयूमा कमान्ड दिन्छ र रियर ह्वीलको पावर कम हुन सुरु हुन्छ ।

अनियन्त्रीत भएर चालकको थ्रोटल धेरै ‘रेभ’ गरेको खण्डमा पनि मोटरसाइकल आफैले पछाडिको ह्वीमा जाने पावरलाई कन्ट्रोल गर्छ । यसले थप अनियन्त्रीत हुनबाट बचाउँछ । ट्रयाक्सन कन्ट्रोल विशेष गरी अफरोडमा मोटरसाइकल ड्रिफ्ट गर्दा आवश्यक हुन्छ ।

दैनिक प्रयोग गर्ने मोटरसाइकलमा ट्रयाक्सन कन्ट्रोल हुँदा वा नहुँदा खासै फरक पर्दैन् ।

काम एक नाम अनेक

मोटरसाइकलमा हुने ट्रयाक्सन कन्ट्रोललाई अन्य नामले पनि चिनाउने गरेको पाइन्छ । उत्पादक ब्राण्डले आफ्नो अनुकुलतामा ट्रयाक्सन कन्ट्रोल (टीएस), इलेक्ट्रोनिक्स स्टेविलिटी प्रोग्राम (इएसपी), डाइनामिक स्टेविलीटी कन्ट्रोल (डीएसटी), एक्टीभ ह्याण्डलीङ सिस्टम (एएचएस), प्रिसेन्स कन्ट्रोल सिस्टम (पीसीएस), डाइनामिक ट्रयाक्सन कन्ट्रोल (डीटीएस) र डाइनामिक स्टेविलिटी ट्रयाक्सन कन्ट्रोल (डीटीएससी) जस्ता नाम दिने गरेका छन् ।


Back_to_top