१२ सय सीसीको ‘ट्रंक टाइगर’ मोटरसाइकल, हेनुस् विशेषता

काठमाडाैं । ट्रम्फ कम्पनीले  ट्रंक टाइगर १२०० मोटरसाइकल भारतीय बजारमा ल्याएको छ । कम्पनीले ल्याएको यो मोटरसाइकल प्रिमियम ब्रान्डको भएको बताएको छ ।  

यस्तो छ विशेषता

१. इन्जिन

टाइगर १२०० मा पुरानो भेरियन्टको १२१५ सीसी क्षमताको इन लाइन थ्री सिलिण्डर इन्जिन दिइएको छ । यस इन्जिनले ९३५० आरपिएम मा १४१ विएचपी साथै ७६०० आरपीएम १२२ एनएम टर्क उत्पादन गर्छ । बाइकममा फ्लाइह्वील तथा क्रेकशाप्टका साथै नयाँ म्याग्नेसियम क्याम कभरको विशेषता रहेको छ । यो वाइकमा ६–स्पिड म्यानुअल गियरवक्स दिइएको छ । 

२. पहिला अर्के नाम ? 

यो बाइक पहिला टाइगर एक्सफ्लोरर नामले चिनिन्थ्यो । तर, ट्रम्फ कम्पनीले नयाँ विशेषताका बाइकको नाम नै परिर्वतन गरि ट्रंक टाइगर १२०० दिएको छ ।

३. नयाँ बाइकमा अप्डेट गरिएको विशेषता 

टाइगर १२०० सयमा फुल डिजीटल टिएफटी स्क्रिीन दिइएको छ । यसमा  ब्याकलिट स्विचको साथै टोगल स्विचको विशेषता रहेको छ । यसका साथै यसमा नयाँ राइडिंग मोड्स दिइएको छ । कर्नरिंग एबीएस तथा हिल होल्ड असिस्ट जस्ता विशेषता यसमा समाबेस छन् । कम्पनीले क्रुज कन्ट्रोललाई समेत अपडेट गरेको छ । बाइकको ट्रान्समिसन युनिटमा क्लचको लागि बाइडायरेशन क्विक शिफ्टरको विशेषता दिइएको छ । 

४. फ्रेम  तथा साइकल पार्टको अपडेट

नयाँ ट्रंक टाइगर १२०० को वजन २६० किलोग्राम रहेको छ । ट्रम्फले पुरानो बाइकको तुलनामा यो बाइकको तौल १० किलोग्रामले घटाएको छ । बाइकमा पुरानो मोडलको तुलनामा १०० नयाँ विशेषता थपिएको छ । 

५.को सँग प्रतिस्पर्धा ?

बजारमा नयाँ ट्रंक टाइगर १२०० को प्रतिस्पर्धा बिएमडब्ल्यु आर १२०० जिएस तथा डुकाटी मल्टीस्ट्रैडा १२०० सँग हुने अनुमान गरिएको छ । यसका साथै डुकाटीको मल्टीस्ट्रैडा १२६० सँग प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ । 


Back_to_top