काठमाडौं । टीभीएस मोटर कम्पनीले अपाची आरटीआर १८०को रेस एडिसन बाइक भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यस बाइकको मूल्य ८३ हजार २ सय ३३ रूपैयाँ भारु तोकेको छ ।
अपाची बाइक पर्ल ह्वाइट कलरसँगै रेस इस्पायर्डक ग्राफिक्सको प्रयोग गरी निर्माण गरिएको छ । यसका साथै यो बाइकको फ्रन्ट तथा रियरमा स्टाण्डर्ड डिस्क ब्रेक दिइएको छ । बाइकको फ्यूल ट्याङ्कीमा थ्रीडी टीभीएस लोगोको साथै रिममा टीभीएस रेसिङ ब्राण्डेड स्किटर्स लगाइएको छ ।
टीभीएस आरटीआर १८० रेस एडिसनको फ्यूल ट्याङ्कीमा फक्स कार्बन फाइबरको बडी प्यानल दिइएको छ । साथै, यसमा ब्लू ब्ल्याकलाइटको साथमा फुल डिजिटल इन्स्टुमेन्ट कन्सोलको विशेषता दिइएको छ ।
अपाची आरटीआर १८० मा १७७.४ सीसीको इञ्जिन क्षमता रहेको छ, यसले ८५०० आरपीएममा १६.४ वीएचपी पावर तथा ६५०० आरपीएममा १५.५ एनएम टर्क उत्पादन गर्छ ।
यसले ० देखि ६० किलोमिटर प्रतिघण्टाको रफ्तार पकड्न ५ सेकेण्डको समय लगाउने कम्पनीले जनाएको छ । टीभीएसले १८० सीसी इञ्जिन क्षमताको सेग्मेन्टमा अपाची आरटीआर १८०को ‘पावर टु वेट’ दर दोस्रो बाइकको तुलनामा बढिरहेको कम्पनीले जनाएको छ ।