आयो एक पटकको फुलचार्जमा ११२६ किलोमिटर गुडाउन सकिने एसयूभी

काठमाडौं । अमेरिकी कम्पनी ट्रिटन सोलारले नयाँ एसयूभी बजारमा ल्याउने घोषणा गरेको छ । कम्पनीले अहिले यसको प्रोटोटाइप तयार गरेको छ । कम्पनीले यसको नाम ‘ट्रिटन मोडल एच’ राखेको छ ।

कम्पनीका अनुसार मोडल एचमा निकै टूलो व्याट्री दिइएको छ । यसमा दिइएको २०० किलोवाट आवरको व्याट्रीले एकपटकको फल चार्जमा ११२६ किलोमिटर रेञ्ज प्रदान गर्नेछ ।

जुन साइजमा कम्पनीले गाडी बनाएको छ । त्यो अनुसार २०० किलोवाट आवरको व्याट्री ठिक रहेको र यसले निकै राम्रोसँग काम गर्ने कम्पनीको दाबी छ ।

यसमा चार वटा मोटरको प्रयोग गरिएको छ । जसको प्रयोग एसयूभीको प्रत्येक पाङ्ग्रामा गरिएको छ । सबै मोटरले एकसाथ अधिकतम १५०० हर्स पावर प्रदान गर्ने कम्पनीले जनाएको छ । यो एसयूभीले सून्यदेखि ६० किलोमिटरको गति भेट्टाउन २.९ सेकेन्ड लगाउने छ ।

यो गाडीले धेरै लोड लिएर हिड्न सक्ने समेत कम्पनीले जनाएको छ । यसका अन्य फिचर र मूल्यको विषयमा कम्पनीले अहिलेसम्म केही जानकारी दिएको छैन ।


Back_to_top