काठमाडौं । टीभीएस टू ह्वीलर तथा थ्री ह्वीलरको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस अपाचे १६० ४ भी मा नयाँ अफर ल्याएको छ । नयाँ बर्षको अवसरमा टीभीएस आरटीआर १६० ४ भी बाइकमा १० हजार रुपैयाँ छुट दिइने कम्पनीले जनाइको छ । जगदम्बा मोटर्स र दराज अनलाइको सहकार्यमा यो योजना ल्याएको कम्पनीले जनाएको छ ।
यो योजनामा सहभागी हुन ग्राहकले दराज अनलाइबाट बाइक बुकिङ् गर्नुपर्ने हुन्छ । ग्राहकले यो योजनमा १० हजार छुटका साथै हेलमेटसमेत निशुल्क प्राप्त गर्नेछन् ।
यो योजना काठमाडौं भित्र पहिलो १०० जना ग्राहकले मात्र पाउँनेसमेत कम्पनीले बताएको छ ।
अपाचे आरटीआर २०० कै लुक्समा डिजाइन गरिएको यो बाइक नेपालमा लोकप्रिय हुँदै गइरहेको छ । नेपाली बजारमा यो बाइक भित्रियसँगै टीभीएको बजार हिस्सासमेत बढेको पाइएको छ । बिशेष गरि युवा वर्गको रोजाइमा यो बाइक पर्न सफल भइरहेको छ ।
यसमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ, उक्त इन्जिनले ८००० आरपीएम मा १६.५ पी एस पावर र ६५०० आरपीएममा १४.८ एनएम टर्क उत्पादन गर्छ। पावर राइडिड्डको लागि सुपर स्लिक मेटेड ५ स्पिड गियर बक्स रहेको छ ।
टप स्पीड क्षमता ११३ किलोमिटर प्रति घण्टा रहेको बाइकले ० देखि ६०को स्पीड मात्र ४.७३ सेकेन्डमा भेट्छ ।

