काठमाडौं । टीभीएस मोटर्सले भारतीय नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनमा अपाचे आरटीआर १६० फोर भी र अपाचे आरटीआर २०० फोर भी सार्वजनिक गरेको छ ।
कम्पनीले बजारमा उतारेको दुबै मोटरसाइकलमा आरटी–एफआई इन्जिन दिइएको छ । साथै, कम्पनीले यसमा रेस इन्स्पेरेशन ग्राफिक्स र फुल एलइडी हेडल्याम्पको विशेषता समेत थप गरेको छ । जसले मोटरसाइकललाई पहिलेको तुलनामा थप आकर्षक बनाएको छ ।
कम्पनीले ल्याएको रेस टिउन्ड फियुल इन्जेक्सन प्रविधिले रफ्तार मनपराउने चालकलाई नयाँ ड्राइभिङ एक्सपिरियन्स प्रदान गर्ने दाबी गरेको छ ।
नयाँ इन्जिन सहितको मोटरसाइकलले पहिलेको तुलनामा धेरै माइलेज दिने दाबी कम्पनीले गरेको छ भने कम प्रदुषण गर्नेछ । यसमा बिस्तारै चलाउन मन पराउने राइडरलाई ध्यान दिएर सहरी इलाकामा चलाउन नयाँ ड्राइभिङ मोड (ग्लाइड थ्रुआउट ट्राफिक क्यापावीलीटी) दिइएको छ । यस्तो फिचर भएको यो सेग्मेन्टकै पहिलो मोटरसाइकल हो ।
टीभीएस अपाचे आरटीआर २०० फोर भीमा १९७.७५ सीसी क्षमताको सिंगल सिलिण्डर, फोर स्टोक, फोर भल्व, आयल कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले ८५०० आरपीएममा २०.५ पीएस पावर र ७५०० आरपीएममा १६.८ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स दिइएको छ ।
यसमा स्मार्ट एक्सकनेक्ट व्ल्यूटुथ टेक्नोलोजी, डियुल च्यानल एबीएस, स्लीपर क्लच, रेडियल टायर जस्ता विशेषता यसमा पाउन सकिन्छ ।
त्यसैगरी अपाचे आरटीआर १६० फोर भीमा १५९.७ सीसी क्षमताको सिंगल सिलिण्डर, फोर स्टोक, फोर भल्व, आयल कुल्ड इन्जिन दिइएको छ । यसले ८२५० आरपीएममा १६.०२ पीएस पावर र ७२५० आरपीएममा १४.१२ एनएम टर्क प्रदान गर्छ ।


