काठमाडौं । टीभीएस मोटर्सले भारतमा इलेक्ट्रीक मोटरसाइकलको डिजाइन पेटेन्ट दर्ता गराएको छ । टीभीएसले हालै सम्मन्न इक्मा २०२५ मा देखिएको कन्सेप्ट मोडल ‘इएसफएक्स थ्रीओ’को भारतमा डिजाइन पेन्टन्ट गराएको हो ।
कम्पनीले सार्वजनिक गरेको पेटेन्ट इमेज अनुसार ‘इएसफएक्स थ्रीओ’ अपाचेको डिजाइनबाट इन्सपायर डिजाइनमा देखिएको छ । यसमा रेक्ट्याङगुलर र यूएसडी सस्पेन्सन प्रयोग हुने देखिएको छ ।
फ्रन्टमा फ्यूल ट्याङक हुने स्थानमा ब्याट्री प्याक राखिने छ भने, त्यसलाई फियरिङले ढाकेको देखिदैँन । यसले ब्याट्री कुलिङमा सहयोग गर्नेछ । यसमा कम्पनीले डेडिकेटेड कुलिङ सिस्टम दिने अनुमान गर्न सकिन्छ ।
मोटरसाइकललाई एरोडायनामिक बनाउन ट्याङ्क एक्स्टेन्सन र एजहरुको प्रयोग हुने पेटेन्ट इमेजमा देखिएको छ ।
एग्रेशिभ राइडिङ सिट पोजिशन देखिएको यो मोटरसाइकलमा क्लिन डिजिटल क्लस्टर देखिएको छ । पावर तथा ब्याट्री डिटेल्स भने बाहिर आएको छैन् ।
यसमा बेल्ट ड्राइभ सिस्टका साथै हाई पफमेन्स मिड माउन्ट मोटर जडान हुनेछ ।

