पोखरा । टीभीएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आजबाट पोखरा न्यूरोड स्थित ‘सिटी स्क्वायर ब्याङ्केट’मा ‘आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा’ संचालन गर्दैछ ।
यस एक्सचेन्ज एक्ट्राभगान्जामा ग्राहकहरुले कुनै पनि मोटरसाइकल वा स्कुटरसँग टीभीएसको पहिलो इलेक्ट्रीक स्कुटर आईक्युब एक्सचेन्ज गर्दा २५ हजार रुपैयाँसम्मको थप मूल्याङ्कन पाउने छन् ।
साथै कम्पनीले सून्य प्रतिशत ब्याजदरमा पनि आईक्युब खरिद पनि गर्न सक्ने स्कीम दिएको छ । यो स्कुटर किन्ने ग्राहकले १ लाख ७ हजार रुपैयाँ मात्रै डाउन पेमेन्ट बुझाउँदा पुग्ने कम्पनीको भनाई छ । यस एक्सचेन्ज क्याम्पमा ग्राहकहरुले फ्रि एक्सेसोरिज र फ्रि राइडको मज्जा पनि लिन सक्नेछन् ।
टीभीएसले नेपालमा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर आईक्युब ‘नाडा अटो शो’मा लन्च गरेको थियो । यो एक्सचेन्ज एक्ट्राभगान्जा पुस २ गतेदेखि पुस ६ गतेसम्म टीभीएसको पोखराको लागि आधिकारिक डिलर बतास ब्रदर्शले जनाएको छ ।

