तीन कारण जसले सेरेसको एसयूभीलाई नेपालमा चर्चित बनायो

काठमाडौं । तिहारको नजिक ग्राहकलाई डेलिभरी दिएसँगै सेरेस ०३ ले सडकमा पर्फमेन्स देखाउन थालेको हो । कम्प्याक्ट एसयूभी साइजमा उपलब्ध सेरेर-३ निकै बल्की डिजाइनमा देखिन्छ ।

यो गाडी बाहिरबाट जति बल्की देखिन्छ, ड्राइभिङ सिटमा बस्दा ठूलै एसयूभी चलाउन बसेको अनुभूती गराउन सक्षम हुन्छ । त्यसैले गाडीमा बसेर टेष्ट ड्राइभ गर्नेलाई यसले आकर्षित नगर्ने कुरै भएन ।

उसोत यो गाडी निकै प्रतिस्पर्धी सेग्मेन्टमा आएको हो । एमजी जेडएस ईभीदेखि बीवाइडी एटो-३ सम्म यसकै मूल्य आसपासमा पाउन सकिन्छ । तिब्र प्रतिस्पर्धाको सेग्मेन्टमा प्रबेश गरेर पनि यसले छोटो समयमा राम्रो बुकिङ पाउन सफल भएको थियो ।

हामीले यसलाई छोटो दुरीमा टेष्ट ड्राइभ गरेका थियौं । छोटो दुरी ड्राइभिङ गर्दा गाडीको धेरै कुरा थाहापाउन सकिने कुरा भएन । तर, केही कुराले पक्कै तान्यो ।

ड्राइभिङ कम्फर्ट

सेरेस-३ को बलियो पक्ष ड्राइभिङ कम्र्फट हो । निकै स्मार्ट ‘सिटिङ पोजिसन’ले ठूला एसयूभीको अनुभूती प्रदान गर्ने भएको कारण यसले झट्टै चालकलाई आकर्षित गर्छ । कम्प्याक्ट एसयूभी सेग्मेन्टका गाडी चढ्नेहरु ‘सेल्फ ड्राइभ’ गर्ने नै धेरै हुन्छन् । त्यसैले उनिहरुले खरिद गर्ने निर्णय चाँडो लिन्छन् ।

सेन्टर कन्सोलमै दिइएको अटो होल्ड, ड्राइभ मोड सेलेक्टर र आकर्षक गियर लिभर छ । यसले स्टाइलसँगै ड्राइभिङको समयमा सहजता प्रदान गर्नेछ ।

बल्की डिजाइन र इन्टेरियर

डिएफएसकेको ग्लोरी ५६० को प्लेटफर्म र डिजाइन प्रयोग गरेर तयार पारेको सेरेस-३ निकै स्टाइलिस बडी डिजाइनमा तयार भएको छ । यसको फ्रन्ट लुक्स बडी डिजाइनको तुलनामा आकर्षक छैन । तर, ओभरअल रोड ‘प्रेजेन्स’ले त्यसलाई छाँयामा पार्छ ।

इन्टेरियरको कुरा गर्दा ड्यूल टोन ड्यासबोर्ड छ । ड्यासबोर्डको थोरै पार्टस् सफ्ट टच छ भने धेरै हार्डटच मेटेरियलको प्रयोग गरिएको छ । इन्फोटेन्टमेन्ट सिस्टम र इन्ट्रुमेन्ट क्लष्टरको ‘कम्बीनेशन’ परम्परागत एसयूभीकै जस्तो छ । तर, स्टेरिङ ह्वील निकै ‘सफ्ट’ छ । त्यसले चालकलाई ड्राइभिङको फरक मज्जा प्रदान गर्न सक्षम हुन्छ ।

उच्च ग्राउन्ड क्लियरेन्स

नेपालमा उपलब्ध विद्युतीय कारमा सबैभन्दा समस्या ग्राउन्ड क्लियरेन्स भन्ने गरिन्छ । चिनियाँ सडक अनुसार बनेका गाडीमा १७५ एमएमसम्मको मात्रै ग्राउन्ड क्लियरेन्स छन् ।

भारतबाट आउने टाटा नेक्सन मात्रै उच्च ग्राउन्ड क्लियरेन्सको एसयूभी थियो । सेरेसले १९० एमएमको ग्राउन्ड क्लियरेन्समा आएर चिनियाँ उत्पादनमा सबैभन्दा धेरै ग्राउन्ड क्लियरेन्स भएको मोडल बन्यो ।

सुरुमा गाडी बुकिङ गर्ने अधिकांशको एउटै भनाई थियो, ‘हामीले ईभीमा जानै पर्छ । तर, ग्राउन्ड क्लियरेन्स समस्या थियो, त्यो सेरेस ०३ले पुरा गरेको छ । त्यसैले सेरेसलाई चाहनेहरु बढ्दै छन् ।


Back_to_top