काठमाडौं । नेपाल आएको ४ महिनामा टीभीएस आईक्यूबले १ लाख किलोमिटरको यात्रा पुरा गरेको कम्पनीले जनाएको छ । यसलाई ठूलो उपलब्धीको रुपमा लिएर जगदम्बा मोटर्सले ‘ग्रिन रेभुलोसन राइड’ आयोजना गरेको हो ।
टीभीएस पहिलो इलेक्ट्रीक स्कुटर उच्च रेन्ज, चलाउन सहज, वातावरण मैत्री भएकै कारण धेरै ग्राहकको रोजाईमा पर्न सफल भएको कम्पनीको भनाई छ । ग्रिन रेभोलुसन राइडमा अन्य पेट्रोल स्कुटर राइडको तुलनामा ३ हजार ५०० किलोग्राम कम कार्बन डाइअक्साइड उत्पादन भएको कम्पनीले जानकारी दियो ।
स्वदेशी ग्रिन इनर्जीको उपभोग गर्न पाउने भएको कारण धेरै ग्राहकको रोजाइमा टीभीएस आईक्युब पर्न सफल भएको हो ।
नक्सालको टीभीएस शोरुमबाट सुरु भएर भक्तपुरमा समाप्त भएको आईक्युब ग्रीन रिभोलुसन राइडमा ३० जना राइडरहरू सहभागि थिए । यस राइडको मुख्य उद्देश्य वातावरणीय प्रदूषण विरुद्ध लड्ने, रूख बचाउने र ध्वनि प्रदूषण रोक्नमा पहल गर्नु थियो ।
यस कार्यक्रममा सेफ राइडिङको तालिम र सवारी साधनको मेन्टेनेन्स सम्बन्धी सुझावहरू प्रदान गरिनुको साथै सहभागी सबैलाई उपहार र प्रमाणपत्रहरू पनि प्रदान गरिएको थियो ।
आईक्युबले सिंगल चार्जमा १०० किलोमिटसम्म रेन्ज प्रदान गर्छ । यसमा शक्तिशाली ४.६ किलोवाट हब माउन्टेड मोटर दिइएको छ । पावर र ईको मोड उपलब्ध स्कुटरमा ७ इन्चको टीएफटी डिस्प्ले, थिम पसनलाइजेसन, भोइस एसिट जस्ता सुविधा यसमा उपलब्ध छ ।

