३० लाखभन्दा कम मूल्यमा पाइने एक दर्जन कार (मूल्यसहित)

काठमाडौं । कारमा लगाइएको अत्याधिक कारको कारण सामन्य फिचर भएको मोडल किन्न नै ३० लाख रुपैयाँ माथि तिर्नु पर्छ । भारतमा उत्पादन भएका र त्यहाँ ४/५ लाख मूल्यमा बिक्री हुने कार नै नेपालमा ३० लाख रुपैयाँ हाराहारी मूल्य पर्न आउँछ ।

यसका बाबजुद पनि भारतमा उत्पादन भएका धेरै र चीनमा उत्पादन भएका एकाध कार अहिले पनि नेपालमा ३० लाख रुपैयाँभन्दा कम मूल्यमा किन्न पाइन्छ । विशेषगरी कम मूल्यका कारमा मारुती सुजुकीको बाहुल्यता रहेको छ । साथै, पछिल्ला दिनमा आयात भएका मिनी ईभी पनि ३० लाखभन्दा कम बजेटमा किन्न पाइन्छ ।

बजेट कारमा निकै सफल टाटा टियागो ईभी मूल्यकै कारण धेरै मानिसको रोजाइ पर्न थालेको छ । कम्पनीले यसलाई विभिन्न ४ भेरियन्टमा बिक्री गर्दै आएको छ ।

सिप्रदी ट्रेडिङले टियागो एक्सई भेरियन्टको मूल्य २१ लाख ९९ हजार तोकेर बिक्री गर्दै आएको छ । एक्सटी भेरियन्टको मूल्य २२ लाख ९९ हजार कायम गरेर बिक्री गर्दै आएको छ ।

ठूलो २४ किलोवाट आवरको ब्याट्री भएको एक्सटी भेरियन्टको मूल्य २५ लाख ४९ हजार, एक्जेड प्लस भेरियन्टको २६ लाख ९९ हजार र एक्सजेड प्लस टेक लग्जरी भेरियन्टको मूल्य २७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सिजी मोटोकर्पले सुजुकी अल्टो के १० मोडल पनि ४ भेरियन्टमा उपलब्ध गराएको छ । कम्पनीले के १० स्टायण्डर्ड भेरियन्टको २४ लाख ४९ हजार, एलएक्सआई भेरियन्टको २५ लाख ४९ हजार, भिएक्सआई भेरियन्टको २६ लाख ४९ हजार र भिएक्सआई प्लस भेरियन्टको २६ लाख ९९ हजार मूल्य तोकेर बिक्री गर्दै आएको छ ।

सुजुकी वागेनआर १.० लिटर इन्जिन भिएक्सआई पनि ३० लाखभन्दा कम मूल्यमा उपलब्ध छ । यसको मूल्य २९ लाख ९९ हजार तोकिएको छ । त्यसैगरी सुजुकी कै सेलेरियो भिएक्सआई भेरियन्टको मूल्य पनि २९ लाख ९९ हजार रुपैयाँ नै छ ।

रेनो क्वीड पनि ३० लाखभन्दा कम मूल्यमा किन्न पाइने कार हो । यसलाई एड्भान्स अटोमोवाइलले ३ भेरियन्टमा उपलब्ध गराएको छ । १.० लिटर इन्जिनमा उपलब्ध क्वीड म्यानुअल भेरियन्टको मूल्य २६ लाख ७९ हजार, क्लाइम्बर भेरियन्टको २७ लाख ८९ हजार र अटोमेटीक भेरियन्टको मूल्य २८ लाख ४९ हजार रहेको छ ।

इलेक्ट्रीक मिनी मोडल सेरेस ई १ पनि ३ भेरियन्टमा उपलब्ध छ । यसको मूल्य १३ लाख ९९ हजारदेखि १७ लाख ९९ हजार रुपैयाँसम्म तोकिएको छ । त्यसैगरी एमजी कोमेट दुई भेरियन्टमा उपलब्ध छ । यसको मूल्य १७ लाख ९९ हजार र टप भेरियन्टको २० लाख ९९ हजार रुपैयाँ रहेको छ ।

विलिङ एयर मिनी पनि ३० लाखभन्दा कम मूल्यमा किन्न पाइने कार हो । यसको पनि दुई भेरियन्ट बजारमा उपलब्ध छ । इन्ट्री भेरियन्टको मूल्य २० लाख ९९ हजार र टप भेरियन्टको मूल्य २५ लाख ९९ हजार रुपैयाँ छ ।


Back_to_top