तीन हप्तापछि हिरोले ल्याउँदै नयाँ मोटरसाइकल

काठमाडौं । हिरो मोटोकर्पले जनवरी २२ तारिखमा नयाँ मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले आफ्नो लाइनअप मै सबैभन्दा पावरफुल ४४० सीसी क्षमता भएको मोटरसाइकल ल्याउने भएको हो ।

हिरोले ल्याउन लागेको नयाँ मोटरसाइकल हार्ले डेभिडसन ‘एक्स–४४०’ जस्तै हुने अनुमान गरिएको छ । यसको डिजाइन भने पुरै नयाँ र फरक किसिमको हुनेछ । मोटरसाइकलको नाम ‘आर’ अक्षरबाट शुरु हुने चर्चा समेत मिडियामा चलेको छ ।

यसको डिजाइन स्क्रयाम्बलर जस्तै मस्कुलर रोडस्टार हुने अपेक्षा गरिएको छ । हिरोको यस नयाँ मोटरसाइकलमा ४३ एमएमको केवाईबी अपसाइड फ्रन्ट फर्क र प्रिलोडेड एड्जस्टेवल ट्वीन शक अब्जर्बर दिने अनुमान गरिएको छ ।

त्यस्तै, दुबै चक्कामा डिस्क ब्रेक र ड्यूल च्यानल एबीएस रहने मोटरसाइकलमा ब्लुटुथ कनेक्टिभिटी, ३.५ इन्चको टीएफटी डिस्प्ले र हार्ले एक्स ४४० मा भएको अन्य फिचर रहने छन् ।

यसमा प्रयोग भएको ४४० सीसी क्षमताको इन्जिनले अधिकतम ६००० आरपीएममा २७ ब्रेकहर्स पावर र ४००० आरपीएममा ३८ एनएमको पीक टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स दिइने छ ।


Back_to_top