तीन नयाँ एसयूभी ल्याउँदै सुजुकी, इलेक्ट्रीक र हाइब्रिड प्राथमिकतामा

काठमाडौं । एसयूभीको बढ्दो क्रेजलाई सम्बोधन गर्न सुजुकीले तीन नयाँ एसयूभी बजारमा ल्याउने भएको छ । कम्पनीले यी तीन एसयूभी सन् २०२६ सम्ममा बजारमा ल्याउने भएको हो ।

सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी ईभी यहि वर्ष बजारमा ल्याउने छ । ईभीएक्स कन्सेप्टमा आधारित इलेक्ट्रीक एसयूभी यूरोप र भारतमा एकसाथ परिक्षण भइरहेको छ । यसलाई सन् २०२४ को तेस्रो क्वाटरमा बजारमा ल्याउने गरी कम्पनीले काम गरिरहेको छ ।

कम्पनीको दोस्रो एसयूभी सन् २०२५ मा आउने छ । कम्पनी स्रोतका अनुसार सुजुकीले ‘वाई१७’ कोड नेम दिएर बनाइरहेको ठूलो एसयूभी ग्राण्ड भिटारामा आधारित हुनेछ ।

७ सिट क्षतमामा आउने नयाँ एसयूभी स्ट्रङ हाइब्रिड टेक्नोलोजीमा आधारित रहने छ । त्यस्तै कम्पनीले इन्ट्री लेवल एसयूभीको रुपमा ‘वाई४३’ कोड नेम दिएर काम सुरु गरेको छ ।

माइक्रो एसयूभी सेग्मेन्टमा आउने सुजुकीको नयाँ कारले टाटा पन्च र हुन्डाई एक्सटरसँग प्रतिस्पर्धा गर्ने छ । यो एसयूभी सन् २०२६ बाट बिक्री सुरु गर्नेछ ।

भारतमा उत्पादन हुने सुजुकीका सबै उत्पादन नेपालमा आइरहेका छन् । त्यसैले यी सबै मोडल भारतमा सार्वजनिक भएपछि नेपाल पनि आउने छन् ।


Back_to_top