टीभीएसले पहिलो इलेक्ट्रीक टू ह्वीलर सार्वजनिक गर्दै

Tvs Creon Concept

टीभीएस मोटर कम्पनीले यही वर्षभित्रै भारतीय बजारमा आफ्नो पहिलो इलेक्ट्रीक मोडल ल्याउने भएको छ । कम्पनीले क्रियोन अवधारणामा आधारित इलेक्ट्रीक मोडललाई अक्टोम्बर २०१९ देखि २०२० को मार्चबीचमा सार्वजनिक गर्ने भएको हो ।

अन्य कम्पनी जस्तै इभी उत्पादनमा केन्द्रित भएको टीभीएसले आफ्नो इलेक्ट्रीक उत्पादनमा नयाँ प्रविधि र विशेषता प्रदान गर्ने जानकारी दिएको छ । कम्पनीले उक्त इलेक्ट्रीक मोडलमा १२ किलोवाटको तीन वटा लिथियम आयान ब्याट्री लगाउँने जानकारी दिएको छ ।

सिंगल चार्जमा ८० किलोमिटर रेन्ज प्रदान गर्ने यो मोटरसाइकल ६० मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ । यसमा क्लाउँड बेस सर्भिस, टिएपmटी इन्स्ट्रुमेन्टेशन, कन्भिनियन्स टेक्नोलोजी लगायतका विशेषता दिइने कम्पनीले जनाएको छ ।

यसका साथै, कम्पनीले केही समय अगाडि बजारमा ल्याएको आरटीआर ३०० एफ आइ इ १०० मोटरसाइकल बजारमा ल्याउने  गरिरहेको छ । इथाइनलबाट चल्ने यो मोटरसाइकल २०१८ को अटो एक्स्पोमा डेभ्यू भएको थियो ।


Back_to_top