महिन्द्रा एक्सयूभी-३०० कुरेर बस्नु भएको छ ? यी विशेषता थाहा पाए राम्रो

काठमाडौं । महिन्द्राले आफ्नो चर्चित कम्प्याक्ट एसयूभी एक्सयूभी–३०० नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । गतवर्षको फागुन १० गते महिन्द्रा उदयमा देखाइएको एक्सयूभी–३०० अब भने नाडा अटो शो २०१९ बाट बिक्री गर्ने भएको छ ।

नेपालको लागि महिन्द्राको आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले बजारमा बिक्री वितरण गर्ने महिन्द्रा एक्सयूभी ३०० दक्षिण कोरियाको अटामोबाइल कम्पनी स्याङयोङसँगको सहकार्यमा निर्माण भएको कम्पनीको पहिलो एसयूभी हो । स्याङयोङ टिभोलीको एक्स १०० प्लाटफर्ममा निर्माण भएको एक्सयूभी ३०० मा समावेश थुप्रै विशेषता स्याङयोङ टिभोलीबाट लिइएको छ ।

यद्यपी यसको ग्रिल, बोनेट, फेन्डर, डोर, ह्याच, रुफ स्याङयोङभन्दा फरक छ । टिभोली भन्दा ठूलो साइजमा निर्माण भएको एक्सयूभी ३०० को लम्बाई ४ मिटर भन्दा केही सेन्टिमिटर कम रहेको छ । आकर्षक ग्रिल र हेडलाइट, हेडलाइट फग ल्याम्प क्लस्टर र लार्ज तथा प्रिटी लुकको बम्पर यसका आकर्षक पक्ष हुन् ।

१७ इन्चको अलोय ह्वील, सार्प कटर, क्रोम र ब्ल्याक फिनिशले एसयूभीलाई आकर्षक लुक दिएको छ । यसमा टिभोलीको जस्तै ड्याशबोर्ड, स्टेयरिङ ह्वील, स्विच गियर लगातयका विशेषता दिइएको छ ।

यो मोडल यसको प्रतिस्पर्धी मोडल ब्रेजा, इकोस्पर्ट, नेक्सन र क्रेटाभन्दा केही ठूलो रहेको छ । एक्सयूभी ३०० मा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरकासाथै ३५ सय आरपीएममा २०० एनएम–टर्क उत्पादन गर्छ । 

साथै, १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावरकासाथै १५ सय २५ सय आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड एमटी ट्रान्समिसन दिइएको छ । पेट्रोल भेरियन्टको एक्सयूभी ३०० ले प्रतिलिटर १७ किलोमिटर माइलेज प्रदान गर्छ ।

एक्सयूभी ३०० को लम्बाई ३ हजार ९ सय ९५ एमएम, चौडाई १ हजार ८ सय २१ एमएम, उचाई १ हजार ६ सय १७ एमएम रहेको छ । यसमा २६ सय एमएम ह्वीलवेश दिइएको छ भने, २६५ लिटर बुट स्पेश रहेको छ ।

महिन्द्रा एक्सयूभी–३००मा किलेस–इन्ट्री, पुश–वटन स्टार्ट, ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कार–प्ले, एन्ड्रोइड अटो, टु–ट्वीटर, फ्रेब्रिक अपहोल्स्ट्री, लेदर–र्याप स्टेयरिङ ह्वील र गियर–नोभ, ईएसपी हिल–होल्ड, इन्जिन स्टार्ट–स्टप, डबल–जोन एसी, क्रुज कन्ट्रोल, रिभर्स पार्किङ क्यामरा गाइडलाइन, सिक्स–वे एड्जस्टेबल ड्राइभर–सिट, अटो हेडल्याम्प र वाइपरको विशेषता दिइएको छ ।

यसको अलवा, इलेक्ट्रीकल्ली फोल्डेबल ओरभीएमएस, एम्बीएन्ट इन्टेरियर लाइटिङ, वान–टचअप डाउन ड्राइभर साइड–विन्डो, १७ इन्च आलोय ह्वील, प्रोजेक्टर हेडल्याम्प, एलईडी डीआरएलएस, सिल्भर फिनिश–फ्रन्ट एन्ड रियर–स्किड प्लेट दिइएको छ ।

महिन्द्रा एक्सयूभी–३०० डब्ल्यू–८ (अप्सनल)मा एयरब्याग, लेदर–अप होल–स्ट्री, अटो डिमिङ आइआरभीएम, टायर प्रेशर मोनिटरिङसिस्टम, फ्रन्ट पार्किङ सेन्सर, १७ इन्च आलोय ह्वील, इलेक्ट्रीक सनरुफ, सिल्भर–कलर रुफरेललगायतका विशेषता दिइएको छ ।


Back_to_top