पावरफुल क्रुजर मोटरसाइकल ल्याउँदै टीभीएस

काठमाडौं । दुई पाङ्ग्रे मोटरसाइकल र स्कुटर उत्पादनमा तिब्र सफलता हासिल गरिरहेको भारतीय ब्राण्ड टीभीएसले पावर फुल इन्जिनमा नयाँ मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले रेट्रो डिजाइनमा नयाँ क्रुजर मोटरसाइकल ल्याउने भएको हो ।

टीभीएसले क्रुजर सेगमेन्टमा रोनीनभन्दा निकै पावरफुल मोटरसाइकलको लागि पेटेन्ट दर्ता गरेको हो । हिजो भारतीय मिडियाहरु टीभीएसको नयाँ पेटेन्टले चर्चा कमाएको छ ।

पेटेन्टमा देखिए अनुसार मोटरसाइकलको फ्युल ट्यांक गोलो र फराकिलो डिजाइनमा रहेको छ । यो मोटरसाइकल दुई सिलिन्डर इन्जिनमा आधारित रहेर निर्माण हुने अनुमान गरिएको छ ।

मोटरसाइकल बिफि टाइपको सिंगल एगजस्ट, गोलाकार हेडल्याम्प, लामो ह्यान्डलबार र युएसडी फर्कले निकै आकर्षक देखिने अनुमान गर्न सकिन्छ ।

टीभीएसको यो नयाँ मोटरसाइकललाई ३५० सीसी सेगमेन्टमा राखेर बजारमा ल्याउने अनुमान गरिएको छ ।


Back_to_top