काठमाडौं । हिरो एक्स्ट्रीम १६० आर फोर भी भारतीय बजारमा सार्वजनिक भएको छ । कम्पनीले अपेडटसहितको एक्स्ट्रीम १६० फोर भी २०२३ मोडल सार्वजनिक गरेको हो ।
१६० सीसी सेग्मेन्टको नेकेड स्ट्रीट फाइटर मोटरसाइकल ३ भेरियन्टमा सार्वजनिक भएको हो । हिरो मोटोकर्पले स्ट्याण्डर्ड, कनेक्टेड र प्रो गरी तीन भेरियन्टमा नयाँ भर्सन १६० आर ल्याएको छ ।
यी भेरियन्टको मूल्य क्रमशः १ लाख २७ हजार ३००, १ लाख ३२ हजार ८९९ र प्रोको मूल्य १ लाख ३६ हजार ५०० रुपैयाँ निर्धारण गरेको हो ।
२०२३ मोडल एक्स्ट्रीम १६० फोर भीमा कम्पनीले कायाबा कम्पनीको ३७ एमएम ट्राभल अपसाइडडाउन (यूएसडी) फर्क दिएको छ । त्यस्तै, रियर सस्पेन्सन पनि सोवा ब्राण्डको मोनोशक सस्पेन्सन दिएको छ ।
यसका अलावा कम्पनीले ४ भल्भ इन्जिनको प्रयोग गरेको छ । यसमा १६३ सीसी सिंगल सिलिण्डर आयल कुल्ड इन्जिन दिएको छ । यो इन्जिनले १६.६ हर्सपावर तथा १४.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स पाउने सकिन्छ । त्यस्तै, यसमा नयाँ ग्राफिक, नयाँ सिट तथा कनेक्टिभिटी फिचर थप गरिएको छ ।
कम्पनीले मेजर अपडेटका साथ ल्याएको नयाँ मोटरसाइकलको बुकिङ लिन सुरू गर्नेछ भने डेलिभरी जुलाइ दोस्रो सातादेखि सुरू गर्ने जनाएको छ ।
हिरो एक्स्ट्रीम १६० आरले अपाचे आरटीआर १६० फोर भी तथा पल्सर एन १६० सँग प्रतिस्पर्धा गर्दै आएको छ ।

