टीभीएसको नयाँ वर्ष अफर, नगद छुटसँगै बिना ब्याजमा मोटरसाइकल तथा स्कुटर

काठमाडौं । नयाँ वर्ष २०८० लाई लक्षित गर्दै विभिन्न अटोमोबाइल्स बिक्रेताहरूले ग्राहक लक्षित नयाँ योजना ल्याएका छन् ।

यसैबीच, टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ‘च्याम्पियन्स् अफ टेक्नोलोजी’ नामको विशेष योजना सार्वजनिक गरेको हो ।

यो योजना अन्तर्गत टीभीएसको कुनै पनि मोडलको बाइक वा स्कुटरको खरिदमा ग्राहकले आकर्षक नगद छुटसँगै अन्य एसोसरिज उपहार पाउन सक्नेछन् ।

कम्पनीले हरेक टीभीएस बाइकको खरिदमा ८ हजार नगद छुट दिने व्यवस्था गरेको छ । त्यसैगरी, ग्राहकले कुनै पनि मोडल टीभीएस स्कुटरको खरिदमा ७ हजार नगद छुट लिन सक्नेछन् ।

यो अफरमा कम्पनीले शून्य प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधासमेत उपलब्ध गराएको छ । यससँगै ग्राहकले कुनैपनि पुरानो मोटरसाइकलसँग टीभीएसको नयाँ मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् । एक्सचेन्जमा भने १० हजार रुपैयाँ थप मूल्यांकन दिने कम्पनीले जनाएको छ ।


Back_to_top