रोयल इनफिल्डको प्रतिस्पर्धी मोटरसाइकल ल्याउँदै टीभीएस/नोर्टन

काठमाडौं । टीभीएसले नोर्टन ब्रान्डबाट रोयल इनफिल्ड मोटरसाइकलको प्रतिस्पर्धी मोटरसाइकल उत्पादन गर्ने भएको छ । कम्पनीले नयाँ मोटरसाइकल बजारमा ल्याउन भारतमा ट्रेडमार्क दर्ता गरेको हो ।

बेलायती मोटरसाइकल ब्राण्ड नोर्टन केही समयअघि टीभीएसले खरिद गरेको ब्राण्ड हो । टीभीएसले ४५० सीसी इन्जिनमा नोर्टन इलेक्ट्रा नामबाट नयाँ मोटरसाइकलका लागि ट्रेडमार्क दर्ता गरेको हो । नोर्टनको ४५० सीसी मोटरसाइकल टीभीएसको होसुरमा रहेको म्यानुफ्याक्चरिङ प्लाण्टमै निर्माण हुने कम्पनीले बताएको छ ।

टीभीएसले उत्पादन गर्ने नोर्टन इलेक्ट्रा नयाँ मोडल होइन । यो मोटरसाइकल सन् १९६० को दशकमा बेलायतमा उपलब्ध थियो । त्यतिबेला यो मोटरसाइकल रेट्रो डिजाइनमा थियो अब भने कम्पनीले कस्तो डिजाइन र लुक्समा ल्याउँछ भन्ने यकिन भएको नभएता पनि यसलाई रेट्रो डिजाइनम नै ल्याउने अनुमान गर्न सकिन्छ ।

यस मोटरसाइकललाई कम्पनीले बीएमडब्ल्यू ४५० मै भएको इन्जिन प्रयोग गर्ने गर्ने अनुमान गर्न सकिन्छ ।

कम्पनीले नोर्टन इलेक्ट्रा मोटरसाइकल इटालीको मिलानमा हुने २०२५ को इक्मा अटोशोमा देखाउने जानकारी रिपोर्टमा आएको छ । कम्पनीले २०२७ को अन्त्यसम्ममा ७ नयाँ मोडलका मोटरसाइकल ल्याउने योजना अघि सारेको छ ।


Back_to_top