दुई चर्चित मोटरसाइकल नेपाल आउँदै

काठमाडौं । दुई बहुप्रतिक्षित मोटरसाइकल नेपाल आउने भएको छ । हिरो र ट्रायम्फका दुई नयाँ मोटरसाइकल ल्याउने तयारीमा कम्पनी लागेको हुन् ।

हिरोले भदौमा हुने नाडा अटो शोमा सार्वजनिक गर्ने गरी एक्सपल्स २१० ल्याउँदै छ । त्यस्तै, ट्रायम्फले साउनमा हुने नाइमा मोबिलिटी एक्सपोमा प्रदर्शन गर्ने गरी स्क्रायम्बलर ४०० एक्ससी ल्याउने तयारी थालेको हो ।

हिरोको बहुप्रतिक्षित एक्सपल्स २१० नेपालमा सार्वजनिक गर्ने तयारीका साथ हिरो इन्डियाका प्रतिनिधिहरू केही समय अगाडि नेपाल आएका थिए । कम्पनीले हिरो एक्सपल्स २१० नेपालमा नाडा अटो शो २०२५ प्रदर्शन गर्ने तयारी थालेको बुझिएको छ ।

त्यस्तै, ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्ससी साउनमा हुने नाइमा मोबिलिटी एक्सपोमा ल्याउने तयारी थालेको हो । कम्पनी स्रोतका अनुसार स्पीड ४०० को सस्तो भर्सन स्पीड टी ४ नआउने भएसँगै स्क्रयाम्बलर ४०० एक्ससी ल्याउने तयारी थालिएको हो ।

एक्सपल्स २१०

एक्सपल्स २१० मा २१० सीसी सिंगल सिलिण्डर, डीओएचसी, फोर भल्ब, एलसी, लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसले अधिकतम २४.६ बीएच पावर तथा २०.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।

एक्सपल्स २१० मा नयाँ डिजाइनको फ्युल ट्यांकको दिइएको छ । यसमा ट्यांक एक्स्टेन्सको प्रयोग गरिएको छ । यसको फ्रन्टमा २१ र रियरमा १८ इन्चको डलब पर्पस टायरको प्रयोग गरिएको छ ।

यो मोटरसाइकलको फ्रन्टमा ४३ एमएम फुल्ली एड्जस्टेबल यूएसडी फर्क पाउन सकिन्छ भने रियरमा २०५ एमएम ट्राभल मोनोशक सस्पेन्सन उपलब्ध छ ।

यो मोटरसाइकलमा इन्ड्यूरो स्टाइल टेल सेङसन, स्वीचएबल डबल च्यानल एबीएस, ट्याकोमिटर, ओडोमिटर , गियर पोजिसन इन्डिकेटर र टर्न बाइ टर्न नेभिगेसन देखिने ४.२ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ ।
साथै, स्मार्ट कनेक्ट फिचर, अगाडि गोलो एलईडी हेडल्याम्प, विन्ड स्क्रीन, एलईडी टर्न इन्डिकेटर जस्ता फिचरहरू छन् ।

भारतमा १ लाख ७६ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) मूल्य तोकेर बिक्री सुरू भएको यो मोटरसाइकल नेपाली बजारमा ५ लाख ५० हजारदेखि ६ लाख भित्रमा आउने अनुमान गर्न सकिन्छ ।

ट्रायम्फ स्क्रायम्बलर ४०० एक्ससी

स्क्रयाम ४०० एक्ससी ‘एक्स मोडल’भन्दा फरक कस्मेटिक डिजाइन र सेग्मेन्टकै पहिलो नयाँ कलर अप्सनमा उपलब्ध छ । पूरा अफरोड प्रेरित डिजाइनमा तयार भएको नयाँ मोडलमा क्रस स्पोक अलोय ह्वील, ट्युबलेस टायर पाइन्छ ।

अपसाइड डाउन यूएसडी फ्रन्ट फर्क र रियरमा एड्जस्टेबल अपसेट मोनोसक सस्पेन्सन सेटअप रहने मोटरसाइकलमा बडी कलर विक स्टायलको मडगार्ड, फ्लाई स्क्रीन, हाइ माउन्टेड फ्रन्ट फेन्डर, सानो विन्ड स्क्रिन, सम्प गार्ड, इन्जिन प्रोटेक्सन गार्ड र स्प्लिट सिट रहेको छ ।

स्क्रयाम्बलर ४०० एक्ससीमा ३९८ सीसीको सिंगल सिलिण्डर, लिक्विड कुल्ड, बीएस ६ इन्जिन रहने छ । उक्त इन्जिनले ३९.५ बे्रकहर्स पावर र ३७.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स छ ।

भारतमा २ लाख ९४ हजार रुपैयाँ एक्स शोरुम मूल्य रहेको यो मोटरसाइकल नेपाली बजारमा ७ लाख ५० हजार रुपैयाँ हाराहारीमा आउने अुनमान गर्न सकिन्छ ।


Back_to_top