दीपलका गाडी किन्नेले ६ महिनाको किस्ता तिर्न नपर्ने

काठमाडौं । नेपालका लागि दीपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले ‘ड्राइभ नाउ, पे लेटर’ योजना ल्याएको छ ।

कम्पनीले नयाँ सवारी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै यो योजना ल्याएको हो ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत दीपलको प्रिमियम ईभी खरिद गर्ने ग्राहकले पहिलो ६ महिनाको मासिक किस्ता तिर्नुपर्दैन ।

साथै, ग्राहकले आफ्नो जुनसुकै ब्राण्डको पुराना कार एक्सचेन्ज गर्दा उत्कृष्ट रिकन्डिसन भ्यालु, निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क ७ किलोवाट वालचार्जर र ३ किलोवाटको ट्राभल चार्जर र आव २०८२/८३ सालको कर निःशुल्क पाउने छन् ।

यो योजना दीपल एस०७, दीपल एस०७ एल र दीपल एल०७ मोडलमा लागू हुनेछ । यो सुविधा दीपलका नेपालभरका शोरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

दीपल १ वर्षमै नेपाली बजारमा स्थापित भएको छ । हालसम्म ९०० युनिटभन्दा बढी दीपल बिक्री भइसकेको छ । दीपलका कारमा जेस्चर कन्ट्रोल, सनफ्लावर टचस्क्रीन, एआर एचयूडी लगायत १० भन्दा बढी इन्डष्ट्री फस्र्ट फिचरहरू छन् ।


Back_to_top