टीभीएसले ल्यायो ‘अनस्टपेबल फ्रिडम’ योजना

काठमाडौं । टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘अनस्टपेबल फ्रिडम’ योजना ल्याएको छ ।

टीभीएसले नेपाली राइडरहरुलाई २ वर्षसम्मका लागि समस्या रहित लिमिटलेस राइड अनुभव प्रदान गर्ने उद्देश्यका साथ ‘अनस्टपेबल फ्रिडम’ योजना सुरू गरेको हो ।

यो योजना टीभीएसका फ्ल्यागशिप मोडलहरू टीभीएस अपाचे आरटीआर १६० रीफ्रेश ४ भी, एफडी, र अपाचे आरटीआर १६० २ भी रीफ्रेश बीटी मोटरसाइकलमा लागू हुनेछ ।

यो विशेष अफर अन्तर्गत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका ग्राहकहरूले २ वर्षसम्मका लागि निःशुल्क स्पेयर पार्टस, इन्जिन आयल र सर्भिस प्राप्त गर्न सक्नेछन् । यी सुविधाले आफ्ना ग्राहकलाई सहज र चिन्तारहित यात्रा र राइड अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

साथै, ग्राहकहरूको सहजतालाई विशेष प्राथमिकता दिँदै टीभीएसले चुनिएका सर्भिस स्टेसनहरू मार्फत ६० मिनेटभित्र स्पेयर पार्ट्स सुविधा काठमाडौं उपत्यकाका ग्राहकलाई प्रदान गर्ने व्यवस्था पनि गरेको छ ।

ग्राहक सन्तुष्टि सुनिश्चितताका लागि टीभीएसको बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी पनि कम्पनीले प्रदान गर्नेछ ।


Back_to_top