क्रेटा ईभी भर्सेस ई-भिटारा, कुनले मार्ला बाजी ?

काठमाडौं । पछिल्लो समय भारतमा अटोमोबाइल कम्पनीहरू बीच आफ्नो चल्तीको मोडलहरू इलेक्ट्रीक पावर ट्रेनमा ल्याउने तीव्र प्रतिस्पर्धा चलेको छ ।

टाटा मोटर्स र महिन्द्राले भारतमा इलेक्ट्रीक गाडी बिक्री गरिरहको धेरै भइसकेका छ  । यसैबीच, भारतीय बजारमा शीर्ष स्थानमा रहेका मारुती सुजुकी र हुन्डाई पनि अब भने ईभी बिक्री गर्न कस्सिएका छन् ।

हाल नयाँदिल्लीमा जारी भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा मारुती सुजुकी र हुन्डाईले नयाँ इण्डिया मेड इलेक्ट्रीक भेहिलक देखाएका छन् ।

भारतको नम्बर १ फोरह्वीलर उत्पादक मारुती सुजुकीले डेडिकेटेड ईभी प्ल्याटफर्ममा ई-भिटारा प्रिमियर गरेको छ भने दोस्रो ठूलाे  फोर ह्वीलर बिक्रेता हुन्डाई मोटर्सले क्रेटालाई ईभी पावरट्रेनमा लन्च गरेको छ । आइस इन्जिनमा एक अर्कामा प्रतिपर्धी हुन्डाई क्रेटा र मारुती सुजुकीको ग्राण्ड भिटारा ईभीमा पनि एक अर्काको प्रतिस्पर्धी मोडल हुन् ।

साइजका हिसाबले करिब समान रहेका यी दुई मिडसाइज कम्प्याक्ट एसयूभी स्पेशिफिकेसन, रेन्ज तथा पर्फमेन्सका आधारमा निकै फरक हुने देखिएको छ । हुन्डाईले क्रेटा ईभीको मूल्य सार्वजनिक गरिसकेको छ भने मारुती सुजुकीले ई-भिटाराको मूल्यका बारेमा केही बताएको छैन । यँहा हामीले यी दुई ईभी बीचको तुलना गरेका छौं ।

डायमेन्सन

डायमेन्सनको तुलना गर्दा क्रेटा ईभीको लम्बाइ ४३४० एमएम, चौडाइ १७९० एमएम, उचाइ १६५५ एमएम रहेको छ । यसको ह्वीलबेस २६१० एमएम छ ।
मारुती सुजुकी ई-भिटाको लम्बाइ ४२७५ एमएम, चौडाइ १८०० एमएम, उचाइ १६३५ एमएम र ह्वीलबेस २७०० एमएमको छ । साइजका आधारमा लम्बाइ र उचाइ क्रेटा ईभीको बढी छ भने चौडाइ र ह्वीलबेस ई भिटाराको धेरै रहेको छ ।

ईभीमा धेरै चासो दिइने ग्राउण्ड क्लियरेन्स क्रटा ईभीको २०० एमएम रहेको छ भने युरोपियन स्पेकको ई-भिटाराको १८० एमएम मात्र रहेको छ । मारुती सुजुकी इण्डियन स्पेश ई-भिटाराको ग्राउण्ड क्लियरेन्सको बारेमा केही जानकारी दिएको छैन ।

ब्याट्री, रेन्ज र पफर्मेन्स

इलेक्ट्रीक भेहिकलमा मुख्य प्राथमिकतामा पर्ने रेन्ज मारुती सुजुकीको ई-भीटाराको धेरै रहेको छ । सुजुकी इभिटारामा ४९ र ६१ किलोवाट आवरको एलएफपी ब्लेड ब्याट्रीको अप्सन रहेको छ । ई-भिटारमा ४९ किलोवाटको ब्याट्रीप्याकसँग १०८ किलोवाटको मोटर दिएको छ भने ६१ किलोवाट आवरको ब्याट्रीप्याकसँग १३० किलोवाटको मोटर दिएको छ । कम्पनीले यी दुवै कम्पोजिसनमा एकपटकको फुलचार्जमा ५०० किलोमिटरभन्दा बढीको रेन्ज पाउन सकिने दाबी गरेको छ । ई-भिटाराको युरोपियन स्पेकमा अलह्वील ड्राइभ मोडल समेत रहेको छ ।

त्यस्तै, हुन्डाई क्रेटामा ४२ किलोवाट आवर र ५१.४ किलोवाट आवरको एनसीएम ब्याट्रीप्याक रहेको छ । सानो ब्याट्रीसँग ९९ किलोवाटको मोटर दिएको छ भने ठूलो साइजको ब्याट्रीप्याकसँग १२८ किलोवाटको मोटर दिएको छ ।  क्रेटा ईभीको सानो साइजको ब्याट्री र मोटरको कम्पोजीसनले ३९० र ठूलो साइजको मोटर र ब्याट्रीको कम्पोजिसनले ४७३ किलोमिटरको रेन्ज दिने एआरएआईले पुष्टी गरेको छ ।

फिचर र टेक्नलोजी

हुन्डाई क्रेटा ईभीमा इन्फोटेन्मेन्ट र इन्टुमेन्ट क्लस्टरका लागि ड्युल १०.२५ इन्चको कनेक्टेड स्क्रीन रहेको छ । यसमा प्यानारोमिक सनरुफ, भेन्टीलेटेड सिट, ड्युलजोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, भेहिकल टू लोड टेक्नलोजी, ८ स्पीकर सहितको बोसको साउण्ड सिस्टम, स्टेरिङ कोलुम माउण्टेड गियर सिफ्टर, मल्टी ड्राइभ मोड, आई पेडल ड्राइभिङ, वायरलेस फोन चार्जर आदि फिचर दिएको छ ।सुरक्षाको लागि क्रेटा ईभीमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामरा, टायर प्रेसर मनिटरिङ सिस्टम, फ्रन्ट एण्ड रियर पार्किङ सेन्सर, हिल स्टार्ट एण्ड डिसेन्ट असिस्ट, इलेक्ट्रीक पार्किङ ब्रेकको साथमा लेभल २ एडास सुट समेत रहेको छ ।

त्यस्तै, ई-भिटारामा पनि इन्फोटेन्मेन्ट र इन्स्ट्रुमेन्ट क्लस्टरको लागि फ्लोटिङ ड्युल कनेक्टेड स्क्रीन, भेन्टिलेटेड फ्रन्ट सिट, १० वे पावर एड्जस्टेबल ड्राइभर सिट,  रोटर गियर सेलेक्टर, मल्टी ड्राइभ मोड, वायरलेस फोन चार्जिङ प्याड, टुस्पोक स्टेरिङ ह्वील, रेक्ट्रयाङगुलर एसी भेन्ट, अटोहोल्ड, इलेक्ट्रीक पार्किङ ब्रेक, हिल डिसेन्ट कन्ट्रोल, सिंगलजोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, प्यानारोमिक सनरुफ आदि फिचर रहेको छ । सुरक्षाको लागि यो ईभीमा ७ वटा एयरब्याग, ३६० डिग्री क्यामरा तथा लेबल २ एडास  भिचर रहेको छ ।

मूल्य

क्रेटा ईभीको भारतीय बजारमा मूल्य सार्वजनिक भइसकको छ । यसको मूल्य १७.९९ लाख देखि २३.४९ लाख भारुसम्म तोकिएको छ । यसको बिक्री समेत छिटै सुरू हुनेछ ।

मारुती सुजुकी ई भिटारा भारतीय बजारमा आगामी मार्च महिनामा मात्र लन्च हुनेछ । कम्पनीले ई भिटाराको मूल्य २० देखि २४ लाख भारुसम्म राख्ने सम्भावना रहेको छ ।

मारुती सुजुकी ईभिटारा टोयोटा र सुजुकीले मिलेर बनाएको ४० पीएल स्केटबोर्ड प्याटफर्ममा बनेको हो । एरोडायनामिक्स स्लिक डिजाइनमा बनेको ई भिटारा टुबक्स कन्सेप्टको ईभी जस्तो देखिन्छ ।

त्यस्तै, हुन्डाईको क्रेटा ईभी रेगुलर क्रेटाकै डिजाइनमा बनेको ईभी हो । साइज तथा रोड प्रेजेन्सको हिसाबले क्रेटा ईभी स्पोर्टी एसयूभी देखिन्छ ।


Back_to_top