टीभीएसले देखायो डबल एड्भेन्चर ‘अपाचे आरटीएक्स ३००’ मोटरसाइकल

काठमाडौं । टीभीएस मोटर्सले डबल एड्भेन्चर सेग्मेन्टमा टीभीएस अपाचे आरटीएक्स ३०० मोटरसाइकल प्रदर्शन गरेको छ । कम्पनीले नयाँदिल्लीमा जारी भारत मोबिलिटी एक्स्पो २०२५ मा उक्त मोटरसाइकल सार्वजनिक गरेको हो ।

टीभीएसले भारतीय बजारमा अपाचे आरटीएक्स ३०० को रोड बेस्ड भर्सन र अफरोड भर्सन ल्याउने तयारी गरिरहेको छ । एक्स्पोमा देखाएको मोडल आरटीएक्स ३०० रोड बेस्ड भर्सन हो ।

यसको ट्याकंमा रेड कलरले अपाचे लेटरिङ, ब्ल्याक फिनिसमा ग्लोपिङ हर्स लोगो, साइड प्यानलमा स्पोर्टी ग्राफिक्स डिजाइन र उत्कृष्ट कलर थेमले यस मोटरसाइकलको ओभरअल लुक्स मेच्युर र रिफाइन्ड देखिन्छ ।

आरटीएक्स ३०० को रियरमा छुट्टै सबफ्रेमको कम्बिनेसनमा स्टील ट्रेलिस फ्रेम, फ्रन्टमा गोल्डेन कलरको यूएसडी फोर्क र रियरमा मोनोसक सस्पेन्सन सेटअप रहेको छ ।

सेमि फियर्ड डिजाइनमा देखिएको एड्भेन्चर मोटरसाइकलको फ्रन्टमा टल भाइजर, टीएफटी डिस्प्ले, अलोय ह्वील, ट्युबलेस टायर, एलईडी लाइट, एलईडी इन्डिकेटर, स्प्लीट सिट, डिस्क ब्रेक, एबीएस ग्र्याब रेल, ट्रिङ लगेज र्याक, चंकी अपस्वेप्ट एक्जष्ट, स्क्लप्टेड फ्युल ट्याकं, नकल गार्ड र स्लिक ट्याकं एक्स्टेन्सन, स्मार्ट फोन कनेक्टिभिटिी, राइडिङ मोड, ट्रयाक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल लगायत फिचरहरू पाउन सकिन्छ ।

यस एड्भेन्चर मोटरसाइकलमा कम्पनीले २९९ सीसी क्षमताको आरटी–एक्सडीफो सिस्टमको नयाँ इन्जिन प्रयोग गरेको छ । जसमा ७८ मिलिमिटर र ६२.२ मिलिमिटरको बोर र स्ट्रोक रहेको छ । यस इन्जिनले अधिकतम ३५.४५ पीएस पावर तथा २८.५ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्ससँगै स्लिपर र असिस्ट क्लच पाउन सकिन्छ ।


Back_to_top