काठमाडौं । जेएसडब्लू एमजीले फुल साइजको एसयूभी मजेस्टर देखाएको छ । कम्पनीले हाल नयाँदिल्लीमा जारी भारत मोबिलिटी ग्लोबल शोमा तीनरो र ७ सिट भएको उक्त एसयूभी देखाएको हो ।
एमजीले भरतीय बजारमा बिक्री गरिरहेको सबैभन्दा ठूलो एसयूभी ग्लोस्टरको फेसलिफ्ट मोडल भनिए पनि यो एसयूभी अन्तर्राष्टिय बजारमा बिक्री भइरहेको म्याक्सस डी ९० को डिजाइनसँग समानता देखिएको छ ।
यसको फ्रन्टमा ठूलो साइजको ब्ल्याक आउट ग्रिल रहेको छ जसमा होरिजेन्टल स्ल्याटहरू दिएको छ । ग्रीलको बीचमा दिएको एमजीको लोगो पनि सामान्यभन्दा ठूलो दिएको छ ।
ग्रीलको माथि एलईडी डीआरएल र साइड बम्बरमा भर्टिकल स्प्लीट हेडल्याम्प दिएको छ । लोअर बम्परमा दिएको ब्ल्याक क्लाडिङ सहितको सिल्भर ब्यासप्लेटले यो एसयूभीलाई मस्कुलर तथा रगेड देखाएको छ ।

यो एसयूभीको साइडमा १९ इन्चको ५ स्पोक डायमण्ड कट अलोय ह्वील दिएको छ । यसको रियरमा र्यापअराउण्ड कनेक्टेड टेललाइट, ड्युल एक्जस्ट सहितको बम्पर तथा चंकी स्किडप्लेट दिएको छ ।
कम्पनीले मजेस्टरको इन्टेरियर नदेखाए पनि यो एसयूभीको स्पाइसटहरूमा देखिए अनुसार १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टचस्क्रीन, अल डिजिटल इन्टुमेन्टल क्लस्टर, प्यानारोमिक सनरुफ, हिटेड कुल्ड तथा मसाज सहितको डाइभर सिट, थ्रीजोन क्लाइमेट कन्टोल , वायरलेस फोन चार्जर, १२ स्पीकर सहितको अडियो सिस्टम, इलेक्टीक टेलगेट लगायत फिचर रहेको छ ।

सुरक्षाको लागि यो एसयूभीमा लेभर २ एडास, ३६० डिग्री क्यामरा, अटो हेडल्याम्प, अटो वायपर, टायर प्रेसर मनिटरिङ सिस्टम, इलेक्टीक पार्किड ब्रेक, अटोहोल्ड आदि सुविधा रहेको छ ।
एमजी मजेस्टरमा २.० लिटरको फोरसिलिण्डर ट्वीन टर्बो डिजल इन्जिन रहेको छ । यो इन्जिनले २१६ हर्सपावर तथा ४७९ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यो एसयूभीमा ८ स्पीडको अटोमेटिक गियरबक्स रहेका छ । रियर ह्वील डाइभ मजेस्टरमा फोर बाइ फोरको अप्सन समेत रहेको छ ।
यो एसयूभीले भारतीय बजारमा टोयोटा फर्चुनर, जीप मेरिडियन, स्कोडा कोडियाक तथा निसानको एक्सट्रयालसँग प्रतिस्पर्धा गर्छ ।

