काठमाडौंमा गाडीले ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंका दुई छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार राति जडीबुटी र बनस्थलीमा गाडीले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

जडीबुटीमा बिहीबार  बेलुका ना ८ ख ३९७५ नम्बरको डिब्बा गाडीले प्रदेश-३-०२-०१४ प ९६६३ स्कुटरलाई ठक्कर दिँदा भक्तपुर नगरपालिका-७ घर भएकी २० वर्षीया सुनिस्ना ताम्राकारको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते ताम्राकारलाई उपचारका लागि सिभिल अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै, बिहीबार राति नै बनस्थलीमा प्रदेश-०३-०१-००६ ख १६५६ नम्बरको टिपरले बागमती प्रदेश-०२-०४८ प ३५३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा संखुवासभाको चैनपुर गाउँपालिका-९ घर भएका ३० वर्षीय अनिल तामाङ छन् । दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।


Back_to_top