यस्तो छ इलेक्ट्रीक इन्ड्युरो मोटरसाइकल

काठमाडौं । इलेक्ट्रीक दुई पाङग्रे सवारी साधन निर्माता अल्ट्राभोइलेट अटोमोटिभले भारतमा नयाँ इलेक्ट्रीक इन्ड्युरो मोटरसाइकल र नयाँ स्पोर्टी इलेक्ट्रीक स्कुटरकाे तस्बिर लन्च गरेको छ । कम्पनीले भारतीय बजारमा इन्ड्युरो डिजाइनमा शकवेभ इलेक्ट्रीक मोटरसाइकल र टेसेरेक्ट नामक स्पोर्टी इलेक्ट्रीक स्कुटर लन्च गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको अल्ट्राभोइलेट शकवेभ इलेक्ट्रीक मोटरसाइकलमा १०.८ किलोवाटको चेन ड्राइभ मोटर जडान गरिएको छ । यस मोटरले ५०५ एनएम टर्क जेनेरेट गर्छ । यसले मात्रै २.९ सेकेन्डमा ०-६० किलोमिटर प्रतिघण्टाको स्पीड पकड्ने छ ।

कम्पनीले दावी गरे अनुसार उक्त मोटरसाइकलको टप स्पीड १२० किलोमिटर प्रतिघण्टा रहेको छ भने एक पटकको फुल चार्जमा १६५ किलोमिटर रेन्ज दिनेछ ।

इन्ड्युरो डिजाइनमा आधारित शकवेभ इलेक्ट्रीक मोटरसाइकलमा ७ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल, इ–सीम सहितको स्मार्टफोन कनेक्टिभिटी सिस्टम, चार लेभलको ट्रयाक्सन कन्ट्रोल, ६ लेभलको रिजेन सिस्टम, पुरा एलइडी लाइट सेटअप, डबल प्रोजेक्टर हेडल्याम्प दिएको छ । सस्पेन्सनमा अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनोसक सेटअप दिएको छ । स्पोक ह्वील, डबल डिस्क ब्रेकसँगै स्वीचेवल डबल च्यानल एबीएस दिएका छन् ।

त्यसैगरी, प्रपर स्पोर्टी डिजाइनमा आधारित टेसेरेक्ट इलेक्ट्रीक स्कूटरमा १५ किलोवाटको मोटर दिएको छ । यसले एक पटकको फूल चार्जमा २६१ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीले बताएको छ ।

यस स्कूटरले मात्रै २.९ सेकेन्डमा ०-६० किलोमिटर प्रतिघण्टाको रफ्तार भेट्ने छ । यसको टप स्पीड १२५ किलोमिटर प्रतिघण्टा रहेको छ। यो स्कुटरलाई फास्ट चार्जरले चार्ज गर्दा ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न १ घण्टाभन्दा कम समय लाग्ने कम्पनीको दावी छ ।

टेसेरेक्ट स्कुटरमा ७ इन्चको स्मार्टफोन कनेक्टिभिटी इन्स्टुमेन्ट कन्सोल, गुगल म्याप्स नेभिगेसन, कल र एसएमएस अलर्ट, राइड एनालिटिक्स, टोइङ अलर्ट, लोकेशन ट्र्याकिङ, भायोलेट एआई इन्टिग्रेसन र ओटीए अपडेट पाउन सकिन्छ ।

यसमा क्रूज कन्ट्रोल, राडार टेक र स्मार्ट मिरर, लेन परिवर्तन सहायता र टक्कर अलर्ट, डुअल प्रोजेक्टर हेडल्याम्प, फ्लोटिंग एलइडी डीआरएल र ड्यासक्याम, अलोय ह्वील र डबल डिस्क ब्रेक जस्ता अत्याधुनिक फिचरहरु उपलब्ध छन् ।

भारतीय बजारमा शकवेभ मोटरसाइकलको मूल्य १ लाख ७५ हजार रुपैयाँ र टेसेरेक्ट स्कुटरको मूल्य १ लाख ४५ हजार रुपैयाँ ९एक्स शोरुम० निर्धारण गरिएको छ ।

यसका अलावा कम्पनीले सुरुवाती चरणमा १ हजार ग्राहकहरुका लागि मोटरसाइकल १ लाख ४९ हजार ९९९ रुपैयाँ मूल्यमा हस्तान्तरण गर्ने बताएको छ भने स्कुटर १ लाख २० हजार रुपैयाँ मूल्यमा हस्तान्तरण गर्ने जनाएको छ ।

अल्ट्राभोइलेटको यस मोटरसाइकल तथा स्कुटरको डेलिभरि भने २०२६ सालको पहिलो त्रैमासिकमा सुरु हुने कम्पनीले जानकारी दिएको छ ।


Back_to_top