कम मूल्य र उत्कृष्ट फिचरको कारण सर्वाधिक सफल ४ मोटरसाइकल

काठमाडौं । मूल्यको हिसावले कम र बिक्रीका हिसावले सफल होन्डा, बजाज, हिरो र यामाहाका मोटरसाइकल कम मूल्य र उत्कृष्ट फिचरको कारण चर्चामा रहँदै आएका छन् ।

मोटरसाइकल बिक्रेता कम्पनीहरुले हरेक ४ महिनामा एक पटक आफ्नो नयाँ मूल्यसूची नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालको नेतृत्वमा गर्ने गरेका छन् । सर्वाधिक बिक्री हुने मोटरसाइकल १५० सीसी सेग्मेन्टमा मूल्यपनि धेरै वृद्धि हुने गरेको देखिन्छ ।

यस्तोमा बजेट मोटरसाइकलको रुपमा १२५ सीसी सेग्मेन्टका मोटरसाइकल अहिले २ लाख ५० हजारभन्दा कम मूल्यमा उपलब्ध रहेका छन् । १२५ सीसी सेग्मेन्टको मोटरसाइकलको मूल्यपनि कम बढ्ने गरेको देखिन्छ ।

नेपाली बजार हिरो, होन्डा, बजाज यामाहा जस्ताले कम्पनीले २ लाख ५० हजारभन्दा कम मूल्यमा १२५ सीसी क्षमताका मोटरसाइकल बिक्री गर्दै आएका छन् ।

यामाहाले विक्री गर्ने एसजेड आआर १५० सीसी इन्जिन क्षमताको मोटरसाइकल २ लाख ३७ हजार ९०० रुपैयाँमा बिक्री गर्दै आएको छ भने हिरोले विक्री गर्ने एचिभर पनि १५० सीसी सेग्मेन्टकै मोटसाइकल हो । कम्पनीले यसको मूल्य २ लाख ३० हजार रुपैयाँ तोकेर विक्री गरिरहेको छ ।

त्यस्तै बजाजले विक्री गर्ने मोटरसाइकल पल्सर १२५ रहेको । बजाज पल्सर १२५ को मूल्य २ लाख २९ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यसैगरि होन्डाको सफल मोटरसाइकल सिबी साइन एसपी डीएसएस १२५ सीसी क्षमताको मोटरसाइकल हो । सिबी साइन सिरिजको सबैभन्दा माथिल्लो भेरियन्टको मूल्य २ लाख ४१ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top