यी हुन् दुई लाखभन्दा कम मूल्यमा किन्न पाइने मोटरसाइकल

काठमाडौं । नेपाली बजारमा २ लाखभन्दा कम मूल्यमा नै मोटरसाइकल किन्न सकिन्छ । विभिन्न कम्पनीले बिक्री गर्दै आएका १०० सीसीदेखि १२५ सीसीसम्मका मोटरसाइकल दुई लाखभन्दा कम मूल्यमा किन्न सकिन्छ ।

बजाज, हिरो, होन्डा र टीभीएसले बिक्री गर्ने विभिन्न ११ मोडलका मोटरसाइकल २ लाखभन्दा कम मूल्यमा उपलब्ध रहेका छन् । यी कम्पनीका अलावा अन्य केहि कम्पनीले पनि २ लाखभन्दा कम मूल्यका मोटरसाइकल बिक्री गर्दै आएका छन् ।

होन्डाले नेपाली बजारमा २ लाखभन्दा कम मूल्यमा विक्री गर्ने मोटरसइकल सीडी ड्रिम रहेको छ । यो मोटरसाइकलमा ११० सीसी क्षमता इन्जिन रहेको छ । यसको मूल्य १ लाख ८८ हजार ९०० रुपैयाँ रहेको छ । होन्डाले विक्री गर्ने २ लाखभन्दा कमको मोटरसाइकल सीडी ड्रिम मात्र हो ।

त्यसैगरि हिरोले एफएफ डिलक्स र स्प्लेन्डरको ५ भेरियन्टको मोटरसाइकल २ लाखभन्दा कम मूल्यमा विक्री गरिरहेको छ । कम्पनीले एफएफ डिलक्सको मूल्य १ लाख ६६ हजार ५०० रुपैयाँ तोकेको छ भने, स्प्लेन्डरको ४ भेरियन्ट विक्री गरिरहेको छ । हिरो स्प्लेन्डर प्लसको मूल्य १ लाख ७७ हजार ५०० रुपैयाँ, स्प्लेन्डर आइ स्मार्टको १ लाख ८३ हजार ५०० रुपैयाँमा विक्री गरिरहेको छ । यी दुई भेरियन्ट १०० सीसी क्षमताको इन्जिन रहेको छ ।

त्यस्तै १२५ सीसी सुपर स्प्लेन्डर १ लाख ९६ हजार र सुपर स्प्लेन्डर आइबीएसको मूल्य १ लाख ९८ हजार रुपैयाँ रहेको छ ।

बजाजले नेपालमा २ लाखभन्दा कम मूल्यका २ मोटरसाइकल विक्री गरिरहेको छ । बजाज प्लाटीना इएस १ लाख ७६ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै डिस्कभर १२५ ड्रम भेरियन्टको मूल्य १ लाख ९४ हजार ९०० रुपैयाँ रहेको छ ।

टीभीएसले नेपाली बजारमा २ लाखभन्दा कम मूल्यको तीन मोटरसाइकल विक्री गरिरहेको छ । टीभीएस स्ट्राइकर १२५ रिफ्रेसको मूल्य १ लाख ९६ हजार ९०० र स्ट्राइकरको मूल्य १ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ । टीभीएसको अर्को मोडल रेडिअन १०० को मूल्य १ लाख ८५ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top