काठमाडौं । एड्भेन्चर सुन्दै गज्जप लाग्छ । त्यसमाथि मोटरसाइकल प्रयोगकर्ताको मन नखिचिने कुरै भएन । विशेषगरी यस्ता मोटरसाइकल युवाहरुको छनोटमा पर्छ ।
कालोपत्रे सडक होस् या कच्ची अफरोड दुबै बाटोमा सहजै चलाउन सकिने एड्भेन्चर मोटरसाइकल मूल्यका हिसावले केही महंगा मानिन्छन् । विगतमा विश्वभर ठूला मोटरसाइकल निर्माताले मात्रै उत्पादन गर्ने एड्भेन्चर मोडल आजकल अधिकांश ब्राण्डले उत्पादन गर्दै आएका छन् ।
नेपालमा पनि हिरोदेखि मोटरहेडसम्मका ब्राण्डले एड्भेन्चर मोडल बिक्री गर्दै आएका छन् । अहिले नेपालमा तीन लाखदेखि १२-१५ लाखसम्म मूल्य पर्ने एड्भेन्चर मोडल सहजै किन्न पाइन्छ ।
अधिकांश कम्पनीले विक्री गर्ने एड्भेन्चर मोटरसाइकलहरु २०० सीसीभन्दा माथिका छन् । यद्यपि, कम मूल्य र हलुका तौल भएका १५० सीसी क्षमताका एड्भेन्चर मोडल पनि नेपाली बजारमा उपलब्ध रहेका छन् ।
एक्सपल्स २०० फोर भी
हिरो एक्सपल्स २०० फोर भीमा १९९.६ सीसी क्षमताको सिंगल सिलिन्डर, फोर स्ट्रोक, आयल कूल्ड, ओएचसी, एफआइ बीएस ६ इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १९.१ ब्रेकहर्स पावर र १७.३५ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स छ ।

कम्पनीले यस मोटरसाइकलमा डुवल डिस्क ब्रेकसँगै सिंगल च्यानल एबीएस दिएको छ । यसको फ्रन्टमा टेलिस्कोपिक सक र रियरमा १० स्टेप एड्जस्टेवल मोनोसक रहेको छ ।
एड्भेन्चर ट्युन इन्जिन प्रयोग भएको यो मोटरसाइकलमा फोर भल्ब टेक्नोलोजी, पुरा एलइडी लाइट, ह्यान्ड गार्ड, स्पोक ह्वील, डुवल पर्पस टायर, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, वीन्ड भाइजर, अपस्वीट एग्जस्ट, लार्ज स्र्पोकेट र आल्मुनियम ब्लस प्लेट जस्ता फिचरहरु पाउन सकिन्छ ।
एक्सपल्स २०० फोर भीको नेपाली बजारमा ४ लाख ५२ हजार ९०० रुपैयाँ मूल्य रहेको छ ।
मोटरहेड टेकन आर २५०
टेकन आर २५० मा २२३ सीसी क्षमता भएको सिंगल सिलिन्डर, फोर स्ट्रोक, एयर कूल्ड, कार्बोरेटर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १९ ब्रेकहर्स र २० एनएमको टर्क जेनेरेट गर्छ । एसमा ६ स्पीडको गियबक्स छ । कम्पनीले यसमा इन्भर्टेड फ्रन्ट शक र रियरमा आयल डम्प सेन्टर शक दिएको छ ।

युनिक मोटरहेड डिजाइनमा रहेको यो मोटरसाइकलमा पुरा एलइडी लाइट, लार्जर फ्युल ट्याकं, डिजिटल मिटर र टेकोमिटर, स्ट्रीट फोकस टायर, डुवल पोर्ट एग्जस्ट, हाइड्रोलिक डुवल डिस्कब्रेक, ट्युबलेस टायर, टायरमा आल्मूनियम रिम जस्ता फिचर छन् ।
मोटरहेडको टेकन आर २५० मोटरसाइकल ४ लाख ७५ हजार रुपैयाँ मूल्यमा नेपाली बजारमा उपलब्ध छ ।
हार्टफोर्ड भिआर १५०
हार्टफोर्ड नेपालमा बिक्री हुने सबैभन्दा पुरानो मध्यको एक एड्भेन्चर मोटरसाइकल हो । कुनै समय निकै चर्चामा रहेको यो बाइक अहिले पनि सडकमा गुडेको देख्न सकिन्छ ।

यसमा १४९ सीसीको फोर स्ट्रोक सिगंल सिलिन्डर इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १३ ब्रेकहर्स पावर र १२.४५ एनएमको टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स छ ।
यसमा १२ लिटर क्षमताको इन्धन ट्याङ्की छ । हार्टफोर्डमा डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, डबल प्रिस्कोप फ्रन्ट सस्पेनस, ग्रीपी मोटार्ड टायर, नयाँ स्पोक ह्वील, युएसडी सस्पेन्सन जस्ता फिचर छन् । यो मोटरसाइकलको मूल्य ४ लाख ९० हजार रुपैयाँ रहेको छ ।
हाउजे एनके १५०
हाउजे एनके १५० मा १४९ सीसीको सिगंल सिलिन्डर, एयर कुल्ड, फोर स्ट्रोक, काब्रुरेटर इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १२ ब्रेकहर्स पावर र ११.६ एनएम टर्क प्रदान गर्छ ।

यसमा १२.५ लिटरको इन्धन ट्याङ्क छ । हेलोजन हेडल्याम्प र टेलल्याम्प, एलसीडी इन्ट्रुमेन्ट, १८० एमएम टेलीस्कोपीक फ्रन्ट एण्ड रियर सेन्ट्रल एब्जर्बर, स्पोक ह्वील, अगाडी डिस्क र पछाडि ड्रम ब्रेक जस्ता फिचर यो मोटरसाइकलमा दिइएको छ ।
कम्पनीले यो मोटरसाइकलको मूल्य ४ लाख १० हजार रुपैयाँ निर्धारण गरेको छ ।

