यी हुन् आउँदै गरेका ५ स्टाइलिस मोटरसाइकल

भारतीय बजारमा पछिल्लो समय नयाँ मोटरसाइकल सार्वजनिक हुने क्रम तिब्र रहेको छ । आकर्षक डिजाइन र शक्तिशाली मोटरसाइकल सार्वजनिक गर्न उत्पादकहरुबीच प्रतिस्पर्धा नै चलेको छ । 

यस्तैमा अबको केही समयमा सार्वजनिक हुने बजाज, केटीएम, सुजुकी र टीभीएसका मोटरसाइकल बारे यहाँ उल्लेख गरिएको छ । 

बजाज पल्सर २५०

बजाज अटोले पल्सर २५० अर्को महिना सार्वजनिक गर्ने भएको छ । केटीएम डुक २५० को इन्जिनमा नयाँ पल्सर २५० आउने कम्पनीले जनाएको छ । केटीएम डुक २५० मा २४८.८ सीसी सिंगल सिलिन्टर लिक्विड कुल्ड इन्जिन रहेको छ । जसले ३० बीएस पावर र २४ एनएम टर्क जेनेरेट गर्छ । 

बजाजको पल्सर २५० मा बीएस–६ इन्जिन हुने अनुमान गरिएको छ । कम्पनीले नयाँ मोटरसाइकलमा स्ट्यान्डर्ड सुरक्षा विशेषता समावेश गर्ने जनाएको छ । पल्सर २५० ले केही समय अघि सार्वजनिक भएको हिरो एक्सप्लस २०० र रोयर इलफिल्डको हिमालयनसँग प्रतिस्पर्धा गर्ने छ । २५० सीसी इन्जिन सेगमेन्टमा उपभोक्ताको आकर्षण रहेकाले बजाजले पनि यो सेगमेन्टमा मोटरसाइकल ल्याउन लागेको हो । 

केटीएम ३९०

केटीएम ३९० एडभेन्चर २०१९ को सर्वाधिक प्रतिक्षा गरिएको मोटरसाइकल मध्येमा पर्दछ । यो वर्षको अन्त्यसम्ममा केटीएम ३९० एडभेन्चर बजारमा आइसक्ने छ । यो मोटरसाइमलमा ३ सय ७३ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन रहने छ । 

६ स्पीड गेयरबक्स रहेको यो इन्जिनले ४३ बीएचपी पावर र ३७ एनएम टर्क दिन्छ । यो मोटरसाइकलमा एडभेन्चरस बनाउन कम्पनीले विभिन्न विशेषता थप गरेको जनाएको छ । 

केटीएम आरसी १२५

केटीएमले केही समय अघि भारतीय बजारमा केटीएम डुक १२५ सार्वजनिक गरेको थियो । अबको केही समयमा कम्पनी आरसी १२५ पनि बजारमा ल्याउने जनाएको छ । नयाँ मोटरसाइकलमा विभिन्न विशेषताहरु हुनेछन् । 

आरसी १२५ मा डुक १२५ कै इन्जिन हुनेछ । जसले १४.५ पीएस पावर र १२ एनएम टर्क दिन्छ । 

सुजुकी जिक्सर २५० आर र १५० आर


सुजुकीले हालै जिक्सर २५० र जिक्सर १५० भारतीय बजारमा सार्वजनिक गरेको हो । कम्पनीले यी दुवैको परिमार्जित भर्सस समेत सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ मोटरसाइकल केही सस्तो हुने कम्पनीले जनाएको छ । सुजुकीले नयाँ मोडलमा केही परिमार्जन गरेर बजारमा ल्याउने भएको हो । 

टीभीएस जेप्लीन

टीभीएसले बनाएको क्रुजर मोटरसाइकल जेप्लीन भारतमा छिट्टै सार्वजनिक हुनेछ । टीभीएसले यो मोटरसाइकल २०१८ को अटो एक्सपोमा सोकेस गरेको थियो । टीभीएस जिपिलाइनमा नयाँ २२० सीसी सिंगल सिलिन्डर इन्जिन हुनेछ । जसले २० बीएचपी पावर र १८.५ एनएम टर्क दिन्छ । 

नयाँ इन्जिन भएको जेप्लीन क्रुजमा एलइडी हेड ल्याम्प, डिजिटल इन्ट्रुमेन्ट प्लस्टर, डुअल च्यानल एबीएसलगायत विशेषता हुनेछ ।


Back_to_top