नेभेम्बरमा आउँदै नयाँ ३९० एड्भेन्चर

काठमाडौं । अस्ट्रियन प्रिमियम मोटरसाइकल निर्माता कम्पनी केटीएमले ३९० एड्भेन्चर सेग्मेन्टमा नयाँ मोडलको मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले नयाँ मोडल केटीएम ३९० एड्भेन्चर २०२४ नोभेम्बरमा जर्मनीको मिलानमा हुने अटो शोमा सार्बजनिक गर्ने तयारी गरेको हो ।

नयाँ मोडल अहिले विभिन्न ठाउँमा परीक्षण भइरहेको तस्बिरहरु बाहिर आएका छन् । तस्बिरमा देखिए अनुसार मोटरसाइकल डवल स्पोर्ट र्याली डिजाइनमा तयार भएको छ । सार्वजनिक भएको रिपोर्टका अनुसार नयाँ केटीएम ३९० एड्भेन्चर एक मात्रै नभई विभिन्न भेरियन्टमा आउन सक्ने अनुमान गरिएको छ ।

कम्पनीले ३९० एड्भेन्चरमा ठाडो स्ट्याक्ड डुवल प्रोजेक्टर एलइडी हेडलाइट, पुरा एलइडी लाइट सिस्टम, अगाडि अग्लो र नयाँ किसिमको भाइजर, चौडा र लामो आकारको स्प्लीट ग्राबरेल रहने छ ।

मोटरसाइकलमा नयाँ ट्रेलिस फ्रेम, कलरफुल टीएफटी डिस्प्ले, इन्स्ट्रुमेन्ट कन्सोल, मल्टिपल फोन कनेक्टीभीटी सिस्टम, नेभिगेसन, नयाँ सिट, डुवल स्पोर्ट ट्युवलेस टायर, फ्रन्ट वीक, वायर स्पोक ह्वील रहेको छ ।

त्यस्तै, यसमा क्वीक सिफ्टर, स्वीचेवल ट्रयाक्सन कन्ट्रोल, विभिन्न राइड मोड, डवल डिस्कब्रेकसंगै स्वीचेवल डुवल च्यानल एबीएस, अप साइड डाउन यूएसडी फर्क र एड्जस्टेवल मोनोसक सस्पेन्सन हुने छ।

कम्पनीले केटीएम ३९० एड्भेन्चरमा ३९९ सीसी क्षमताको सिंगल सिलिन्डर, लिक्वीड कूल्ड, एफआई, डिओएचसी इन्जिन दिने छ । उक्त इन्जिनले अधिकतम ४५ ब्रेकहर्स पावर तथा ३९ एनएमको पीक टर्क जेनेरेट गर्छ । मोटरसाइकलमा ६ स्पीडको गियरबक्स रहने छ ।


Back_to_top