सस्ता एसयुभी किन्ने योजना बनाउनु भएको छ ? यी हुन् २०१९ सम्ममा आउने ११ एसयुभी

काठमाडौं । पछिल्ला दिनमा विश्व अटोमोवाइल क्षेत्रमा एसयुभी चढ्न चाहनेको संख्या दिनानुदिन बढ्दै गएको छ । अझ भनौ सेडान कारको बजार हिस्सा पूर्णत कमजोर भएको छ । सबै मध्यम बर्गिय परिवारको रोजाइमा एसयुभी पर्न थालेको छ । 

यस्तोमा गाडी निर्माता कम्पनीहरुबीच एसयुभी त्यसमापनि कम्प्याक्ट एसयुभी निर्माण गर्ने प्रतिस्पर्धानै चलेको छ । आगामी सन् २०१९ को अन्त्यसम्ममा ११ वटा नयाँ एसयुभी बजारमा आउने आँकलन गरिएको छ । 

टाटा एच५एक्स 

टाटा मोर्टस कम्पनीले २०१८ को अटो एक्स्पोमा टाटा एच५एक्सको निर्माण गर्ने घोषणा गरेको थियो । कम्पनीले भारतीय बजारलाई ध्यानमा राख्दै ५ सिटर र ७ सीटरसहित दुई भर्जनमा एच५एक्स निर्माण गरेको छ । 

यो मोडलमा २.० एल मल्टीजेट आईआई इञ्जिन दिइएको छ, जसले १४० बीएचपी पावर उत्पादन गर्छ भने यसको इञ्जिनमा ६ स्पीड म्यानूअल गियरबक्स लगाइएको छ । 

२०१९ मा भारतीय बजारमा सार्वजनिक गर्ने भनिएको एच५एक्सको अनुमानीत मूल्य १२–१६ लाख भारु रहेको छ । टाटा मोटर्सले यो मोडलमा आल्मूनियमको प्रयोग गरेको छ भने, यसका अन्य विशेषता टाटासँग मिल्दाजुल्दा रहेका छन् । 

फक्सवागेन कम्प्याक्ट एसयूभी 

जर्मन कार निर्माता कम्पनी फक्सवागेनले भारतीय बजारलाई मध्यनजर गर्दै सन् २०१९ को अन्त्यसम्मा कम्प्याक्ट एसयूभी सार्वजनिक गर्ने भएको छ । 

अनुमानीत ९–१४ लाख भारु बजार मूल्य रहने कम्प्याक्ट एसयूभीमा डिजिटल क्लस्टर, टच स्क्रिन, इन्फोनमेन्ट सिस्टम, क्लाइमेट कन्ट्रोल, त्रूmज कन्ट्रोल, प्रोजेक्टर हेडल्याम्पस, डीआरएलएस, पुश बटन स्टार्ट, किलेस इन्ट्रीलगायतका विशेषता रहेका छन् । 

यो मोडलमा १.० एल टीएसआई इञ्जिन दिइनेछ, जसले ११० एचपी पावर र १.५ एल टीडीआई इञ्जिन दिइएको छ । यसले ९० एचपी पावरमा २३० एनएम टर्क उत्पादन गर्छ । इञ्जिनमा ५ स्पीड म्यानूअल गियरबक्स दिइएको छ ।

हुन्डाई कारलीर्नो कम्प्याक्ट 

कोरियाली अटो निर्माता कम्पनी हुन्डाईसँग मारुति सुजुकी भिटारा ब्रेजा, फोर्ड इको स्पोर्ट र टाटा नेक्सनजस्ता प्रडक्टसँग प्रतिस्पर्धामा उत्रने एसयूभी छैन । उसले अहिले बेचिरहेको क्रेटा यीभन्दा माथिल्लो सेग्मेन्टको एसयूभी हो ।

भारतमा आफ्नो बजार बिस्तारका लागि हुन्डाईले नयाँ कम्याक्ट एसयूवीको विकास गर्ने भएको छ । २०१७ मा हुन्डाई क्रेटाले सार्वजनिक गरेको कोना कम्प्याक्ट एसयूभीबाट धेरै कुरा लिँदै कारलीर्नो कम्प्याक्ट एसयूभी बजारमा ल्याउने अनुमान गरिएको छ । 

 हुन्डाईले २०१९ मा सार्वजनिक गर्न लगागेको यस एसयूभीको मूल्य ५ लाख ५० हजार देखि ९ लाख ९० हजारसम्म पर्ने अनुमान गरिएको छ । 

हुन्डाई कारलीर्नो कम्प्याक्टमा टर्बाेचार्ज पेट्रोल इञ्जिन दिइनेछ । जुन युरोपियन मोडल आई–२०मा पनि राखिएको छ । यसमा १००० सीसी क्षमताको एलथ्री सिलिन्डर टर्बाे चार्ज पेट्रोल इञ्जिन लगाइएको छ । 

न्यू रेनो डस्टर 

रेनो कम्पनीले २०१८ को मध्यतिर एसयूभी मोडलको ‘न्यू रेनो’ डस्टर सार्वजनिक गर्ने अनुमान गरिएको छ । ९ लाखदेखि १३ लाख भारतीय रुपैयाँ अनुमानीत मूल्य रहेको डस्टरमा १.५ लिटर डिजेल इञ्जिन दिइएको छ । 

यसले ८५ पीएस पावरमा २०० एनएम टर्कका साथै ११० पीएस पावरमा २४८ एनएम टर्क उत्पादन गर्नेछ । पेट्रोल इञ्जिनअन्तर्गत १.५ लिटर एच४के युनिटले १०६ पीएस पावर तथा १४२ एनएम टर्क उत्पादन गर्ने छ । 

न्यू डस्टरको बनावट पुरानो मोडलमा नै आधारित छ । रियरमा न्यू टेल ल्याम्प लगाइएको छ भने, इन्टेरियरलाई पूर्णरुपमा नयाँ रुप दिइएको छ । न्यू डस्टरको डिजेल इञ्जिनमा ६ स्पिड म्यानूअलका साथै पेट्रोल इञ्जिनमा ५ स्पिड म्यानूअल गियर बक्स दिइएको छ । 

मारुती सुजुकी भिटारा 

भारतीय अटो बजारमा करिब दुई वर्ष अगाडि भिटारा ब्रेजा सार्वजनिक गरेको मारुति सुजुकीले भिटाराको बजार अझै बिस्तार गर्ने भएको छ । 

२०१९ मा सार्वजनिक गर्ने तयारी गरेको मारुती सुजुकी भिटाराको बजार मूल्य ११ लाखदेखि १५ लाख भारतीय रुपैयाँ हुने अनुमान गरिएको छ । 

ब्रेजाको डिजाइनमा आधारित भई निर्माण गरिएको बिटारा ४ मिटर अग्लो छ भने सोही अनुपातमा फराकिलो हुनसक्ने अनुमान गरिएको छ । 

यसको फ्रन्ट तथा रियरमा स्किड प्लेट राखिएको छ भने, प्रोजेक्टरसँगै हेडल्याम्प राखिएको छ । 

बिटारामा १६०० सीसी इञ्जिन क्षमताको ‘एल फियट डिजेल’ इञ्जिनका साथै १.५ एल पेट्रोल इन्जिनमा आउने छ । बे्रजाको जस्तै डिजाइन रहने भिटारा एलईडी डीआरएल्सको कारण निक्कै स्पोर्टी देखिनेछ । 

टोयोटा भिटारा ब्रेजा

मारुती सुजुकी र टोयोटा कम्पनीले संयुक्तरुपमा निर्माण गरेको टोयोटा भिटारा ब्रेजाको अनुमानीत बजार मूल्य ९ लाखदेखि १५ लाख भारतीय रुपैयाँ रहने अनुमान गरिएको छ । २०१९को अन्त्यतिर भारतीय बजारमा सार्वजनि हुने एसयूभीमा १.३ एल डीडीआइएस इञ्जिन दिइएको छ ।

यसले, ८९ बीएचपी पावरमा ४०० आरपीएम र १७५० आरपीएममा २०० एनएम टर्क उत्पादन गर्छ । यो इञ्जिनमा ५ स्पीड म्यानुअल गियरबक्स दिइएको छ । टोयोटा कम्पनीले मारुती कम्पनीसँग मेकानिकल पार्टस्जस्तै, इञ्जिन, गियरबक्स र ससपेन्सनलगायतका विषयमा साझेदारी गरेको छ । 

फोर्ड कुगा 

अमेरिकन अटो निर्माता कम्पनी फोर्डले २०१९ को मध्यतिर एसयूभी मोडलको कुगा सार्वजनिक गर्ने अनुमान गरिएको छ । फोर्डले ११ देखि १५ लाख भारु अनुमानीत मूल्य रहेको कुगामा १.५ एल टीडीसीआई इञ्जिन दिइएको छ । 

यसले २० पीएस पावर उत्पादन गर्नेछ, २.० लिटर टीडीसीआई इञ्जिनले १५० पीएस पावर उत्पादन गर्नेछ । त्यस्तै, १.५ एल इकोबुस्टले १५० पीएस र १८२ पीएस पावर उत्पादन गर्नेछ । फर्डले कुगामा न्यू फ्रन्ट बम्पर र न्यू फग ल्याम्प्स लगाएको छ । कुगाको रियरमा, न्यू टेल ल्याम्स बम्पर लगाइएको छ । 

होन्डा एचआर–भी

जापानीज अटो निर्माता कम्पनी होन्डाले २०१९ मा होन्डा एचआर–भी सार्वजनिक गर्ने भएको छ । सनरुफ, त्रूmश कन्ट्रोल, लेदर सिट, आकर्षक तथा स्पोर्टी बडीलगायतका विशेषता बोकेको एचआर–भीको अनुमानीत बजार मूल्य ९–१४ लाख भारु रहेको छ । 

यसमा १.६ एल टर्बाेचार्ज डिजेल इञ्जिन दिइएको छ, जसले १५९ बीएचपी पावर तथा ३५० एनएम टर्क उत्पादन गर्छ । साथै, यसमा १.८ एलआई भिटीइसी इन्जिन दिइएको छ, जसले १४० एचपी पावर उत्पादन गर्छ । दुबै इञ्जिनमा ६ स्पीड म्यानूअल तथा सीभीटी गियरबक्स दिइएको छ । 

ड्याट्शन गो–क्रश

२०१५ मा टोकियोमा आयोजित अटो–शोमा ड्याटशनले गो–क्रशको निर्माणबारे औपचारिक जानकारी दिएको थियो । कम्पनीले २०१९ को सुरुवातमा गो–क्रशलाई भारतीय बजारमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । 

भारु ७–१० लाख अनुमानीत मूल्य रहेको गो–क्रशमा क्लाइमेट कन्ट्रोल, स्टेरिङ माउन्टेड कन्ट्रोल, ब्लूटुथ कनेक्टीभिटी, पावर विन्डोज, रियर पार्किङ सेन्सर, रिजर्भ क्यामेराजस्ता थुप्रै विशेषता रहेका छन् । 

सुरक्षाको दृष्टिकोणले यसमा डबल एयरब्याक्स, एबीएस र भेकल डाइनामिक कन्ट्रोलजस्ता विशेषता दिइएको छ । गो–क्रशमा १.२ लिटर पेट्रोल इञ्जिन दिइएको छ । यसले ६९ पीएस पावरमा ५०० आरपीएम र ४००० आरपीएममा १०४ एनएम टर्क उत्पादन गर्छ । 

महिन्द्रा एक्सयूभी ३००

एसयूभी सेग्मेन्टमा निर्माण भएको महिन्द्रा एक्सयूभी ३०० निक्कै पपुलर प्रोडक्टअन्तर्गत पर्ने गर्छ । आधुनिक इन्टेरियरसँगै टर्च स्क्रिन, क्लाइमेट कन्ट्रोल, लेदर सिटलगायतका विशेषता बोकेको एक्सयूभी ३०० मा २.२ एल इञ्जिन दिइएको छ । 

२०१९ को सुरुवातमा भारतीय बजारमा सार्वजनिक हुने अनुमान गरिएको यो मोडेलेको अनुमानीत मूल्य १० देखि १५ लाख रहेको छ । यो एसयूभीमा १.५ एल डिजेल इञ्जिन दिइएको छ । यसले ८४ बीएचपी पावरमा २३० एनएम टर्क उत्पादन गर्नेछ, भने १.५ एल टीजीडीआई पेट्रोल इञ्जिनले १२० एचपी पावर र १३० देखि १५० एनएम टर्क उत्पादन गर्छ । 

डिजेल इञ्जिनमा ६ स्पीड म्यानूअल र पेट्रोल इञ्जिनमा ५ स्पीड म्यानूअल गियरबक्स दिइएको छ । पेट्रोल भ्यारियन्टले प्रतिलिटर १७ किलोमिटर माइलेज दिने अनुमान गरिएको छ भने डिजेलले प्रतिलिटर १९ किलोमिटर माइलेज दिनेछ । 

निशान किक्स 

निशान कम्पनीले २०१६ मा किक्स निर्माणबारे औपचारिक जानकारी दिएको थियो । आकर्षक तथा सानो एसयूभी मोडेलमा निर्माण गरेकोे किक्समा निशानले क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, कूल्ड ग्लोभ बक्स, लेदर सिट, भर्चूअल ३६० डिग्री बर्ड आई क्यामराजस्ता विशेषता दिएको छ ।

भारतीय अटो बजारमा २०१९ मा सार्वजनिक हुने अनुमान गरिएको किक्समा १.५ एल डिजेल इञ्जिन दिइएको छ । यसले ११० पीएस पावर उत्पादन गर्छ भने, १.५ एल इञ्जिनले १०६ पीएस पावर उत्पादन गर्ने अनुमान गरिएको छ । यसको अनुमानीत बजार मूल्य ९–१४ लाख भारतीय रुपैयाँ रहेको छ । 

स्कोडा क्यारोक्स 

सन् २०१९ को मध्यतिर भारतीय बजारमा सार्वजनिक हुने अनुमान गरिएको स्कोडा क्यारोक्स मोडलको अनुमानीत मूल्य १८–२३ लाख भारु रहेको छ । 

एसयूभी मोडल स्कोडा क्यारोक्समा एलईडी हेडल्याम्स, एलइडी फग ल्याम्प, प्यानारोमिक सनरुफ, क्यान्टन १० स्पीकर अडियो सिस्टमलगायतका विशेषता रहेका छन् । 

क्यारोक्समा क्रुज कन्ट्रोल, ब्लाइन्ड स्पोट डिटेक्ट, रियर ट्राफिक अलर्ट, इमर्जेन्सी सीटी ब्रेक, लेन असिस्ट, ड्राइभ अलर्टलगायका सुरक्षित विशेषता रहेका छन् । भारतमा स्कोडा क्यारोक्स २.० एल टीडीआई इञ्जिनमा आउने अनुमान गरिएको छ । 

यो इञ्जिनले १५० पीएस पावर र ३४० एनएम टर्क उत्पादन गर्छ । यो इञ्जिनमा ७ स्पीड डीएसजी गियरबग्स दिइएको छ । क्यारोक्समा नर्मल, स्पोर्ट, इको र स्नो चार ड्राइभिङ मोड्स उपलब्ध छ । एजेन्सीको सहयोगमा


Back_to_top