बजाज पल्सर एन १६० मा थपियो प्रिमियम फिचर

काठमाडौं । बजाज अटोले भारतीय बजारमा पल्सर एन १६० को अपडेटेड भर्सन सार्वजनिक गरेको छ । कम्पनीले पल्सर एन १६० अपसाइड डाउन फर्कसहित सार्वजनिक गरेको हो ।

कम्पनीले उक्त मोटरसाइकलको मूल्य १ लाख ४० हजार भारतीय रुपैयाँ तोकेर सार्वजनिक गरेको छ ।

नयाँ पल्सर एन १६० मा अपसाइड डाउन फर्कका अलावा नयाँ डिजिलट कन्सोल तथा एबीएस मोड थप गरेको छ । नयाँ कन्सोलमा ब्लुटूथ केनेन्टिभिसटी फिचरसमेत उपलब्ध छ । यसमा रेन, रोड तथा अफरोड गरि तीन एबीएस मोड थप गरिएको छ ।

यसका अलावा अन्य कुनै परिर्वतन नगरिएको यो मोटरसाइकलमा ट्वीन भर्टिकल एलईडी टेलल्याम्प, वाई सेपको अलोय ह्वील, स्प्लीट ग्रावरेल, अन्डरवेली एग्जस्ट पाउन सकिन्छ । साथै, आइब्रो डिजाइनमा एलइडी डेटाइम रनिङ लाइट, अगाडि सानो विन्ड स्क्रीन, सार्प र मस्कुलर डिजाइनको इन्धन ट्याङ्की उपलब्ध छ। ।

यसमा कम्पनीले १६४.८ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । यो इन्जिनले अधिकतम १६ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स रहेको छ ।

डबल च्यानल एबीएस र दुवै चक्कामा डिस्क ब्रेक, १७ इन्चको ह्वील पाउन सकिन्छ ।


Back_to_top