काठमाडौं । हिजो सार्वजनिक भएको सुदुरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले सबै किसिमका सवारीसाधनमा लाग्ने वार्षिक कर वृद्धि भएको छ ।
सुदुरपश्चिम प्रदेश सरकारले सबै किसिमका साधनमा वार्षिक कार वृद्धि गरेको हो । इलेक्ट्रीक मोटरसाइकल र स्कुटर, पेट्रोलियम पदार्थबाट चल्ने सबै किसिमका निजी साधन र विद्युतीय कारमा पनि कर वृद्धि गरिएको छ ।
सुदुरपश्चिम प्रदेश सरकारले २२५ किलोवाट माथिका विद्युतीय साधनमा ५ हजार रुपैयाँसम्मले कर बढाएको छ । साथै, २५०१ सीसी माथिका जीप, कार भ्यानमा पनि ५ हजार रुपैयाँले नै वार्षिक कर वृद्धि गरिएको छ ।
४०१ सीसी माथिका मोटरसाइल २ हजार ५०० रुपैयाँले कर बढाउँदा सबै किसिमका मोटरसाइकलको कर वृद्धि गरिएको हो । इलेक्ट्रीक मोटसाइकल तथा स्कुटरमा ५०० रुपैयाँसम्मले कर बढाइएको छ ।
यस्ताे छ निजी साधनमा सुदुरपश्चिम प्रदेश सरकारले लगाएकाे आर्थिक वर्ष २०८१/८२ को वार्षिक कर



