बजाज पल्सर एन १५० सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । बजाज पल्सर ‘एन १५०’ नेपाली बजारमा सार्वजनिक भएको छ ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले १५० सीसी स्पोर्टी मोटरसाइकल पल्सर एन १५० सार्वजनिक गरेको हो ।

कम्पनीले पल्सर एन १५० को मूल्य ३ लाख ५९ हजार ९०० रुपैयाँ तोकेर मोटरसाइकलको बिक्री सुरु गरेको हो ।

पल्सर एन १५० निकै स्पोर्टी डिजाइन र यो सेग्मेन्टमा नै धेरै फिचर भएको मोटरसाइकल भएको कम्पनीको भनाई छ ।

पल्सर एन १५० मा १४९.६८ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन दिइएको छ । यो इन्जिनले १४.३ बीएच पावर तथा १३.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

पल्सर एन १५० मा इन्फिनिटी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, चार्जिङ पोर्ट, एबीएस जस्ता फिचर उपलब्ध छ ।

पल्सर एन १५० को प्रतिस्पर्धी मोटरसाइकल आरटीआर १६० को टप भेरियन्टको मूल्य ३ लाख ७४ हजार ९०० र यामाहा एफजेडएस भी ३ को मूल्य ४ लाख ५ हजार रुपैयाँ रहेको छ ।


Back_to_top