बजाज पल्सर एन २५० को नयाँ भर्सन नेपाल आउँदै, यस्ता छन् नयाँ फिचर

काठमाडौं । बजाज नेपालले नयाँ मोटरसाइकल ल्याउने भएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले कम्पनीले पल्सर एन २५० को अपडेटेड भर्सन ल्याउने भएको हो ।

कम्पनीले हालै एक टिजर सार्वजनिक गर्दै पल्सर एन २५० ल्याउने जानकारी दिएको हो । कम्पनीले उक्त मोटरसाइकल सार्वजनिक गर्ने मिति घोषणा नगरे पनि अबको दुईहप्ता सार्वजनिक गर्ने अनुमान गरिएको छ । कम्पनीले हालसम्म यसको मूल्य बारे पनि केही बताएको छैन ।

बजाज नेपालले सार्वजनिक गरेको टिजरमा यूएसडी सस्पेन्सन सहितको पल्सन एन २५० देख्न सकिन्छ । यसमा यूएसडी फर्कका अलावा एबीएस मोड तथा डिजिटल कन्सोलसमेत अपग्रेड हुने अनुमान गर्न सकिन्छ । पल्सर एन २५० को नयाँ कलर अप्सन समेत नेपाली बजारमा उपलब्ध हुनेछ ।

बजाज पल्सर एन २५० मा २४९ सीसी सिगंल सिलिन्डर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, आयल कुल्ड, एफआइ इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८७५० आरपीएममा २४।५ पीएस पावर जेनेरेट गर्छ भने ६५०० आरपीएममा २१।५ एनएम टर्क प्रदान गर्छ । यो मोटरसाइकलमा ५ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

पल्सर एन २५० को लम्बाइ २०३५ एमएम, चौडाइ ७५० एमएम, उचाइ ११६५ एमएम, ह्वीलबेस १३५१ एमएम, सिट हाइट ७९५ एमएम रहेको छ । यसमा १६५ एमएमको ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।

युवा पुस्तामैत्री निर्माण गरिएको मोटरसाइकलको फ्रन्ट लुक्स निकै बोल्ड छ । मोटरसाइकलमा दिइएको मस्कुलर सेमी डिजिटल कन्सोलमा डिजिटल ट्रिप मिटर, स्पीडोमिटर, गियर इन्डिकेटर, फ्युल वार्निङ इन्डिकेटर, फयुल गज, क्लक, ट्रिप मिटर काउन्ट जस्ता फिचर रहेका छन् ।


Back_to_top