काठमाडौं । नेपालमा चाँडै लन्च हुने तयारीमा रहेको एमजी विण्डसर ईभीको मूल्य बढेको छ । भारतीय बजारमा एमजी विण्डसर ईभीको मूल्य ५० हजार भारतीय रुपैयाँले बढेको हो ।
४ महिना अघि कम्प्याक्ट युटिलिटी भेहिकल ९सीयूबी० सेग्मेन्टमा आएको एमजी विण्डसरको ब्याट्रीको पैसा तिर्न नपर्ने स्कीम निकै रुचाइएको थियो । यो कार बेस्ट सेलर मोडल ईभी समेत बनेको थियो ।
लन्च हुने बेला विण्डसरको ब्याट्री बाहेको सुरुवाती मूल्य ९ लाख ९९ हजार भारतीय रुपैयाँ र ब्याट्रीसहितको १३ लाख ५० हजार देखि १५ लाख ५० हजार भारु तोकिएको थियो ।
अहिले ब्याट्रीसहितको विण्डसरको मूल्य बढाएर १४ लाखदेखि १६ लाख भारुसम्म पुर्याइएको छ । कम्पनीले ब्याट्री बाहेकको ब्याट्री एज अ सर्भिस (बीएएएस) मूल्य भने बढाएको छैन ।

एमजी विण्डसरमा ३८ किलोवाट आवरको ब्याट्रीप्याक रहेको छ । यो ब्याट्रीप्याकले एक पटकको फुलचार्जमा ३३१ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । एमजीले विण्डसरमा १३५ हर्सपावर भएको १०० किलोवाटको मोटर दिएको छ । यो मोटरको टर्क २०० न्युटन मिटरको रहेको छ ।
बीएएएस स्कीममा गाडीको मूल्य पहिलाकै
एमजीले भारतमा पहिलो पटक इन्ट्रोड्युस गरेको ब्याट्री एज अ सर्भिस (बीएएएस) स्कीम अन्तर्गतको मोडलहरूको मूल्य भने बढाएको छैन । भारतमा एकदमै रुचाइएको यो स्कीम अन्तर्गत ९.९९ लाख देखि ११.९९ लाख सम्म मूल्य रहेको छ ।
तर कम्पनीले रेन्टल चार्ज भने बढाएको छ । पहिला प्रतिकिलोमिटर ३ रुपैयाँ ५० पैसा तिरे पुग्दथ्यो । अन्य मोडलको मूल्य बढेसँगै बीएएएस स्कीममा रेन्टल चार्ज पनि प्रतिकिलोमिटर ४० पैसाले बढेको छ । अब बीएएएस स्कीममा प्रतिकिलोमिटर रनिङ कस्ट ३ रुपैयाँ ९० पैसा पर्नेछ ।

