एलईभी-०१ को एक्सपिरियन्स क्याम्प सुरू

काठमाडौं । एलईभी-०१ को एक्सपिरियन्स एण्ड टेस्ट ड्राइभ क्याम्प सुरू भएको छ । एलएस अटोको नेपालको लागि आधिकारिक वितरक नेक्सन भेन्चरले आजदेखि भक्तपुरको राधेराधेस्थित भाटभटेनीमा उक्त क्याम्प सुरु गरेको हो ।

आगामी माघ २१ गतेसम्म संचालन हुने उक्त एक्सपिरियन्स क्याम्पमा इलेक्ट्रीक एसयूभी एलईभी-०१ टेस्ट ड्राइभ गरी एक्सपिरियन्स गर्न सकिनेछ । साथै, जुनसुकै कम्पनीको पुराना गाडीसँग एलईभी साट्न सकिने कम्पनीले जनाएको छ ।

उक्त क्याम्पमा टेस्ट ड्राइभ गर्ने व्यक्तिलाई क्यूएफएक्सको मूभि टिकट तथा गिफ्ट ह्याम्परको समेत व्यवस्था रहेको छ । साथै उक्त एक्सपिरियन्स क्याम्पमा गाडी बुकिङ गर्ने कस्टुमरले ५ हजार रुपैयाँ बराबरको सपिङ भौचर पाउने छन् ।

गत महिना नेपाल भित्रिएको एलईभी ०१ एक क्रसओभर इलेक्ट्रीक एसयूभी हो । विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल डिजाइन हाउस संघाइ लन्च अटोमोटिभको सब्सिडरी कम्पनी एलएस अटोले बनाएको एलईभी-०१ नेपाली बजारमा स्ट्याण्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा उपलब्ध रहेको छ ।

एलईभी-०१ मा ६७.१ किलोवाट आवरको लिथियम आयोन ब्याट्री रहेको छ । हनिकम्ब आर्किटेक्चरमा डिजाइन भएको यो ब्याट्री प्याकले समान साइज भएका अन्य ब्याट्रीप्याकभन्दा ८ देखि १० प्रतिशत बढि रेन्ज दिन्छ । यो एसयूभीमा  ९९ किलोवाटको इलेक्ट्रीक मोटर रहेको छ । इलेक्ट्रीक एसयूभी भइकन पनि २१० एमएमको ग्राउण्ड क्लियरेन्स हुनु यो एसयूभीको थप विशेषता हो ।

एलईभी-०१ को क्याबिनमा मल्टिकलर एम्बियन्ट लाइट, मल्टिफङ्सनल स्टेरिङ ह्वील, लेदरेट सिटकभर,  इलेक्ट्रीक एड्जस्टेबल फ्रन्टसिट, हाइटेक ड्यासबोर्ड इन्टरफेस, एलसीडी इन्टुमेन्ट क्लस्टर, प्यानारोमिक स्काई रुफ, इलेक्ट्रीक टेलगेट, मल्टी ड्राइभ मोड तथा अटोमेटिक एसी जस्ता फिचर रहेको छ ।

सुरक्षाको लागि यो एसयूभीमा ६ वटा एयरब्याग, ईबीडी, एबीएस, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रिक स्टेबिलिटी कन्ट्रोल, इलेक्ट्रीक पार्किङ ब्रेक, अटोहोल्ड, हिल असिस्ट कन्ट्रोल आदि फिचर रहेको छ । कम्पनीले यो एसयूभीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको मोटर तथा ब्याट्रीमा वारेन्टी दिएको छ ।


Back_to_top